ओमानविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

काठमाडौं । आईसीसी टी–२० विश्वकप छनोटको फाइनल खेलमा नेपालले ओमनविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

टियु क्रिकेट मैदानमा ओमानविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो । खेल बिहान ११ बजे सुरु हुनेछ । फाइनलमा पुगेका दुवै टोली विश्वकपका लागि छनोट भइसकेका छन् । नेपालले सेमिफाइनलमा यूएईलाई ८ विकेटले पराजित गर्दै विश्वकपमा आफ्नो स्थान पक्का गरेको हो भने ओमानले बहराइनलाई १० विकेटले हराएको थियो ।

यस प्रतियोगितामा नेपाल र ओमान समूह चरणको खेलमा आमनेसामने भइसकेका छन् । समूह ए अन्तरगत भएको रोमाञ्चक खेलमा ओमानले नेपाललाई ५ रनले हराएको थियो । आजको खेलमा नेपाललाई उक्त हारको बदला लिने अवसर रहेको छ ।

दुई टोलीबिच भएका ५ खेलमा नेपालले ३ तथा ओमानले २ खेल जितेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *