जाजरकोट पछि बाजुरालाई केन्द्रविन्दु बनाएर ४ म्याग्निच्युडको कम्पन

काठमाडौं । आज बाजुरामा भूकम्पको धक्का गएको छ ।

बाजुरालाई केन्द्रविन्दु बनाएर ४ म्याग्निच्युडको कम्पन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । मध्याह्न १२ बजेर ५८ मिनेट जाँदा कम्पन भएको हो ।

यसअघि बाजुरामा ४ म्याग्निच्युडभन्दा ठूला भूकम्पका धक्का गइरहेका थिए । भने यही कात्तिक १७ गते राति जाजरकोटमा ६.४ म्याग्निच्युडको भूकम्प जाँदा ठूलो मानवीय क्षति भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *