युवा संघ र दुर्गा प्रसाईँ नेतृत्व : कडा सुरक्षाबीच दुबै पक्षको र्याली यस्तो बन्यो
काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईँको नेतृत्वमा रहेको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को प्रदर्शनले भयानक रुप लिएको छ ।
काठमाडौंको विभिन्न क्षेत्रबाट कडा सुरक्षाबीच दुबै पक्षका र्याली सुरु भएसँगै झडप र र्याली तातेको थियो । युवा संघले मुलुकमा बेथिति र अराजकताविरुद्ध प्रदर्शन गर्न लागेको बताएको छ भने महाअभियानले स्वतन्त्र नागरिक आन्दोलन भनेको छ । युवा संघले तीनकुने र प्रसाईँ संयोजकत्वको महाअभियानले बल्खुमा प्रदर्शन गरेका छन् ।
बल्खुमा हुने कार्यक्रममा अभियान्ता प्रसाईं, केशव पोखरेल र रमा सिंहले सम्बोधन गरेका थिए । उनीहरूले संघीयता नै खारेज गरी राजतन्त्र फर्काउने सम्मको वकालत गर्दै व्यवस्थाकै विरोधमा उत्रिएका हुन् ।
यसैबीच, दुवै पक्षको प्रदर्शन अनियन्त्रित हुनसक्ने आंकलन गर्दै उपत्यकामा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । संभावित जोखिमलाई मध्यनजगर गरी उपत्यका प्रहरी कार्यालयले एकीकृत सुरक्षा योजना नै लागू गरेको छ । नेपाल प्रहरीका डिआइजीको नेतृत्वमा जोइन्ट अप्रेसन कमान्ड सेन्टर (जेओसिसी) गठन गरिएको छ भने उपत्यकामा १० हजार प्रहरी परिचालन गरिएको छन् ।
साथै आज भएको झडपमा केही प्रदर्शनकारी घाइते भएका छन् भने केहिलाई भने अस्पताल सम्म लैजानुपर्नृ र्सिजर्ना आएको छ । साथै युवा संघले घरिघरि दुर्गा प्रसाईँको नेतृत्वमा आक्रमण गरेको छ भने तेसका बामजुत प्रसाईँका टोलिपनि जाईलाग्दा अवस्था तनावग्रथ समेत भएको थियो ।