नजरबन्दमा राखेकाे भन्दै दुर्गा प्रसाईंद्वारा बन्दी प्रत्यक्षीकरणको रिट दायर
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई कानुनविपरीत घरमा नजरबन्दमा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दायर भएको छ ।
शुक्रबार ललितपुरनिवासी डा सुरेन्द्र भण्डारीमार्फत प्रसाईंले जिल्ला प्रहरी कार्यालय भक्तपुरलाई विपक्षी बनाई बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका हुन् । सर्वोच्चले १० मंसिरलाई तारेख तोकेको छ ।
सुरक्षाको कारण देखाउँदै पुरानो ठिमीस्थित प्रसाईंको निवास क्षेत्रमा प्रहरी परिचालन गरिएको छ । बिहीबार बल्खु क्षेत्रमा प्रदर्शन गरेका प्रसाईंका समर्थकले शुक्रबार भक्तपुर, तीनकुने र बल्खुमा प्रदर्शन गरेका छन् ।
अनुमतिविना प्रदर्शन गर्न खोजेको भन्दै प्रहरीले प्रसाईंका केही समर्थकलाई नियन्त्रणमा लिएको छ।