गृह जिल्लामा योगेश भट्टराईमाथि आक्रमण, गाडी तोडफोड देखि झडपसम्म उत्पन
ताप्लेजुङ । नेकपा एमाले सचिव एवं प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईको सवार गाडी तोडफोड भएको छ ।
ताप्लेजुङबाट काठमाडौं फर्कने क्रममा सदरमुकाम फुङलिङको बसपार्क नजिकै पहिचान पक्षधरले आक्रमण गरेका हुन् । एमाले सचिव भट्टराई चढेको गाडी तोडफोड सातरआठ जनाको समूहमा रहेकाहरुले भट्टराई सवार गाडीमा ढुंगा र लाठीले हानेको एमालेका कार्यवाहक अध्यक्ष सन्तोष खतिवडाले जानकारी दिए ।
आक्रमणकारीले हानेको ढुंगा भट्टराई सवार गाडीको अगाडिको भागमा लागेको छ । भट्टराईको गाडीलाई सशस्त्र र नेपाल प्रहरीको स्कर्टिङमा लगिएको थियो । सिसाहरु छरपस्ट भए पनि मान्छे भने कोही घाइते नभएको एमालेले जनाएको छ ।
यसअघि मध्याह्न एमाले र पहिचान पक्षधर कार्यकर्ताबीच झडप भएको थियो । उनीहरुले भट्टराईको निवास अगाडि प्रदर्शनसमेत गरेका थिए । नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थितिबीच दुई पक्षबीच भिडन्त हुनबाट भने रोकिएको थियो । एमालेले आयोजना गरेको कार्यक्रममा सहभागी हुन गृहजिल्ला आएका भट्टराईलाई उनकै निवासअगाडि कालो झन्डा देखाउँदै नाराबाजीसमेत गरेका थिए ।
पहिचानवादीले गत असार १ गते विज्ञप्ति प्रकाशित गरी भट्टराईलाई जिल्ला प्रवेशमा रोक लगाउने घोषणा गरेका थिए ।