राज्य राज्य जस्तो हुनुपर्छ , नागरिकको चाहना नै यही हो : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राज्य राज्य जस्तो हुनुपर्ने बताएका छन् ।

सोमबार नबलपुर जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले राज्य राज्य जस्तो नभएका कारण नै आज गणतन्त्रका विरुद्धमा आवाज उठ्न थालेको बताएका हुन । राज्यले देशमा दैनिक रुपमा घटिरहेका घटनाहरुको नियन्त्रण गर्न नसकेकाले नै आज देशमा राजवादीहरुले व्यवस्थामाथि औँला ठड्याउन थालेकाले अब सरकारले जनताको भावना, चाहना अनुरुपको काम गर्नुपर्ने उनले बताए ।

देशमा भइरहेका हरेक घटनाहरुको अन्त्यका लागि सरकार सजग हुनुपर्ने उनको भनाइ छ । महामन्त्री थापाले जारकोट रुकुम पश्चिमका जिल्ललाहरुमा भूकम्प पिडितहरुको उद्धार तथा अस्थायी टहरा निर्माणका लागि आँफू पुगेर काम गरेको बताउँदै त्यहाँका नागरिकहरुले नेपाली कांग्रेसले भूकम्प पिडितका लागि गरेको काम प्रति खुशी व्यक्त गरेको बताए । उनले जनता लागि राम्रो काम गरे कहिल्यै पनि नागरिकले सरकारका विरुद्धमा आवाज उठाउदैँनन् । त्यसैले सरकारले भूकम्प पिडितले पाएको दुःखमा चाडौँ मलम लगाउनुपर्छ उनले भने । अहिले पनि भूकम्प पिडितका लागि कांग्रेसले काम गरिहेको उनले बताए ।

अहिले जाजरकोट र पूर्वी रुकुमका जनता टिनमुनी बस्न बाध्य रहेकाले चिसोका कारण धेरैले ज्यान गुमाउनु परेको छ । त्यसका लागि सरकारले भूकम्प पिडित जनतालाई अवस्था अनुसार न्याँनो वातावरणमा राख्न पछि हट्न नहुने उनले बताए ।

भूकम्प पिडितका लागि मंशिरको महिनाभित्र अस्थायी टहरा बनाइसक्नुपर्छ उनले भने । भूकम्प पिडितहरुले न्याँनोमा बस्न पाउन् उनीहरुको मौलिक अधिकार भएकाले सरकाले उनीहरुको सुरक्षामा तिव्र गतिमा सरकारले काम गर्नुपर्ने महामन्त्री थापाले बताए । भूकम्पबाट जाजरकोट र पूर्वी रुकुमका जनताले परिवार गुमाएको बेला सरकारले अभिभावक भएर काम गर्नुपर्ने थापाले बताए ।

आपतमा परेका नागरिक, अन्यायमा परेका नागरिकहरुले सरकार भएको महशुस गर्ने गरि सरकारले काम गर्न सकेको अवस्थामा जनताले सरकारका विरुद्धमा कुनै पनि प्रश्न नउठाउने उनले बताए । महामन्त्री थापाले भने –गणतन्त्रमा दुःखमा परेकाहरुको काम गर्नुपर्छ । जनताको आवाज सरकारले सुन्नुपर्छ । राजा चाहिन्छ भन्ने हल्लाको पछि लाग्ने होइन । गणतन्त्रमा विग्रेका गतिविधिहरु समाधानमा राज्य गम्भिर भएर लाग्नुपर्छ । अव राज्यले नागरिकका कुरा सुन्नुपर्छ । जनताले देशमा मौलाएको भ्रस्ट्रचारको अन्त्य गर्न चाहन्छन् त्यसका लागि सरकारले काम गर्नुपर्छ । जनताहरु देशमा भ्रष्ट्रचार मौलाएकाले सबै राजनीति दल, सिङ्गो देशसँग रिसाएका छन् । नेपाली कांग्रेसले अब देशमा मौलाएको भ्रष्ट्रचारको अन्त्य गरेर देखाउनुपर्छ । ’

नेपाली कांग्रेसले देशमा एक सुक्काको पनि भ्रष्ट्रचार हुन नदिने गरी काम गर्नुपर्ने उनले बताए । यदि नेपाली कांग्रेसभित्र जो कोहीले पनि भ्रष्ट्रचार गर्छ भने कानुनी रुपमा दण्ड गर्ने अवस्था हामि बनाउँछौँ उनले भने‘, अहिले हामी संसदमा अख्तियार दुरुपयोग अनुसन्धानको कानुन बनाइरहेका छौँ । कांग्रेसको महामन्त्रीको हैसियतले कानुन निर्माण गर्दा काम गर्दा कसैलाई अवरोध नहोस् । कोही मानिसले पनि देशवासीको ढुकुटीमा जम्मा भएको पैसा ठगेको अवस्थामा प्रधानमन्त्री होस या जो सुकै भएपनि पाँच पुस्तासम्म खोजेर पनि भ्रष्ट्रचारीलाई नछोड्ने गरि हामि कानुन बनाउँछौ नेपाली कांग्रेसले बनाउँछ ।’

३० वर्षमा धेरै भ्रष्टचार भएको आवाज उठेको भन्दै महामन्त्री थापाले कानुन निर्माण गर्ने ठाउँमा आफ्नो प्रस्ताव पेस गरेको बताए । उनले २०४६ सालको परिवर्तन पछाडि नेपालमा उच्च ओदामा जति पनि मानिसहरु पुगेका सबैको सम्पति छानविन गर्ने र कसैले गैरकानुनी सम्पति आर्जन गरेको ठहर भएमा सम्पति जफत गर्ने र त्यसका लागि शक्तिशाली संयन्त्र आवश्यक रहेको बताए ।

उक्त संयन्त्रले सबैको सम्पतिको छानबिन गरोस भन्न नेपाली कांग्रेसले सक्नुपर्ने उनले बताए । नागरिकले खोजेको मुख्य कुरा यहि हो भन्दै थापाले भने,‘ नागरिकले खोजेको अर्को कुरा ,राज्य राज्य जस्तो भएन् । उनले इजरायल हमासको युद्धमा फसेका नेपालीको सरकारले चाँडो उद्धार गरेको बताउदै परराष्ट्रमन्त्री एनपी साउदलाई धन्यावाद समेत दिए । अब सरकारले इजरायल र हमास युद्धमा नेपाली विद्यार्थी विपिन जोशी उद्धारका लागि अझ प्रयास गरेर जोशीलाई नेपाल चाँडो ल्याउने काम गरोस् यहि नै हो जनताले चाहेको उनले भने ।

महामन्त्री थापाले आगामी निर्वाचन २०८४ को चिन्ता गर्ने विषय नभएको बताउँदै अहिले जनताका लागि ,देशको सम्रग दिगो विकासका लागि काम गर्न आवश्यक रहेको बताए । अहिले देश र जनताका लागि दिगो काम गर्न सकेको अवस्थामा आगामी निर्वाचन जित्न कुनै समस्या नहुने उनको भनाइ छ ।

नेपाली कांग्रेस देशकै सबैभन्दा ठूलो पाटी भएकाले वर्तमान अवस्था सुधार्न लाग्नुपर्ने उनले बताए । उनले भने,‘ २०८४ त्यो कांग्रेसले गाउने गीत होइन् । नेपाली कांग्रेसले अरुले गरेको नक्कल नगरि देश, जनता र दिगो विकासका लागि अपडेट भएर काम गर्नुपर्छ । जनतालाई नेपाली कांग्रेसमा कुनै पनि किसिमको विकृति छैन भन्ने विश्वास दिलाउन लागि पाटीपंक्तीले कानुन सम्वद्ध कर्म गर्नुपर्छ । कर्मको फल सकरात्मक भएको नै जनताले विश्वास गर्छन।’

महामन्त्री थापाले व्यवस्था फाल्नका लागि काठमाडौँमा केही मानिसहरु जम्मा भएको ठाउँमा बोल्न पाउने अधिकार भएका नागरिकलाई रातरात बास बसेको अवस्थामा लखेट्नेलाई राज्यले सुरक्षा दिनुपर्दैन भन्दै सरकारलाई प्रश्न गरे । गणतन्त्रमा शान्तिपूर्ण आवाज निकाल्ने अधिकार सबैलाई भएको भन्दै महामन्त्री थापाले संविधानमा उल्लेख गरिएको मौलिक हकलाई बन्देज लगाउने काम सकरात्मक नभएको उल्लेख गरे । काठमाडौंमा गणन्त्रको विरुद्धमा आवाज निकाल्ने नागरिकलाई खेद्ने एमालेले जनताको मौलिक हक विरुद्ध बन्देज लगाउन नहुने समेत महामन्त्री थापाले बताए ।

देशमा भइरहेको विभिन्न किसिमका गतिविधिको अन्त्य गर्ने काम सरकारको भएकाले राज्यले सँधै गम्भिर भएर कार्यान्वयनका दिशामा सरकार लाग्नुपर्ने समेत महामन्त्री थापाले बताए । सरकारले अवस्था अनुसार लचिलो र कठोर हुनुपर्ने समेत महामन्त्ती थापाको भनाइ छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *