नेपाल रेडक्रस सोसाईटि वालकोटमा एकहप्ते उदघोषण तालिम सम्पन्न
भक्तपुर । नेपाल रेडक्रस सोसाईटि ,उपशाखा वालकोट तथा लैङिक महिला समाजको आयोजनामा सफल उदघोषण वनाउने उदेश्यले मङ्सिर ९ गतेदेखि १५ गते सम्म सात दिने उदघोषण तालिम सफलतापूर्वक सम्पन्न भयो । उक्त उदघोषण तालिममा कुशल एवं प्रखर प्रशिक्षक जनार्दन धडकन अधिकारि हुनु हुन्थ्यो । सात दिने उदघोषण तालिममा भाग लिनेमा सावित्री खडका , सीता पौडेल, उमाकुमारि रिजाल, तारा खडका , राधिका भारति , लिलादेवि गौतम, शिला रेग्मी , सरीता अधिकारी , बिश्वनाथ ढुङगेल, गंगा खत्री, सरला आचार्य, मधु मसुरी,प्रेम प्रसाद खतिवडा, भवानि सिलवाल, निरा महर्जन, लक्ष्मी थापा , मिरा थापा, पवित्रा खनाल, सावित्री आचार्य , जानुका राना, गोमादेवि वस्नेत,अनिता शर्मा , शर्मिला कार्कि, शोभा देवि दंगाल ,शोभा काफ्ले, मिस्रा काफले, सरु केसि, कविता खतिवडा , सरीता सत्याल, शारदा रानाभाट, सविना श्रेष्ठ , नम्रता पौडेल रहेका थिए । उदघोषण तालिम कार्यक्रममा समयानुसार परीक्षा सञ्चालन गरि आफनो भुमिका गौण रुपले प्रशिक्षक जनार्दन धडकन अधिकारीले प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा तपाईहरु सबैले सफलतापूर्वक तालिममा भाग लिई ज्ञान लिनु भयो त्यसलाई अब अन्यत्र स्थानमा कार्यक्रम सञ्चालन गर्न सक्नु हुनेछ। किनकि तपाईहरुमा अब मञ्चमा आई माईक समाई बोल्न डर हुने छैन भनी प्रशिक्षक जनार्दन अधिकारी धडकनले बताउनु भयो । । त्यसैले यहाँहरु सबैलाई सफलताको शुभकामना । म प्रशिक्षक भएता पनि मेरा कमि कमजोरी भए होलान् । यहाँहरुले मलाई सुझाब दिनु होला भन्ने आशाका साथ कार्यक्रमवाट बिदा लिनु भयो । उदघाटन समारोहमा नेपाल रेडक्रस सोसाईटि बालकोट उप शाखाका सचिव उमेश सिलवालले प्राविधक तवरले प्रशिक्षार्थिहरुलाई आवश्यक ज्ञान दिनु भएको थियो । त्यसैगरी नेपाल रेडक्रस सोसाईटि ब्ँलकोट उपशाखाका अध्यक्ष दिवाकर सिलवालले सात दिने उदघोषण तालिममा भाग लिई सफलता पूर्वक कार्यक्रम सम्पन्न भयो । यहााहरु सबैमा म हार्दिक ब्धाई दिन्छु । यहााहरु सवैको उत्तरोत्तर प्रगति होस् भन्दै उदघोषण कार्यक्रमलाई समापन गर्नु भएको थियो । तालिम प्रमाणपत्र आगामि मङ्सिर २३ गते रेडक्रसको वार्षिकि कार्यक्रममा बितरण गरीने बताउनु भयो ।