नेफ्स्कून सञ्चालक समितिको सदस्य पदमा उम्मेदवारी दिँदै राधा कडरिया


काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)को पौष ७ र ८ गते नेफ्स्कूनको निर्वाचन सहितको ३२ औं साधारणसभामा सञ्चालक समितिको सदस्य पदमा राधा कडरियाले उम्मेदवारी दिने तयारी गरेकी छिन् । सोही सभाले आगामी ४ वर्षको लागि नयाँ नेतृत्व चयन गर्दैछ । आगामी नेतृत्वका लागि सञ्चालक समितिको सदस्य पदमा उम्मेदवारी दिने गरी तयारी गरेको कडरियाले बताइन् । काठमाडौं महानगरपालिका–३२, पुरानो सिनामंगलस्थित पाँच तारा बचत तथा ऋण सहकारी संस्थाको प्रतिनिधित्व गर्दै कडरियाले उम्मेदवारी दिने भएकी हुन् । हक्की स्वभावकी कडरियाको सहकारी अभियानमा २६ वर्ष परिश्रम र योगदान मिसिएको छ । अभियान भित्र विभिन्न तहमा बसेर काम गरेकी उनी पछिल्लो १६ वर्षदेखि पाँच तारा साकोसमा आवद्ध छिन् । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघमा समेत काम गरेको उनको अनुभव छ ।

कडरिया राष्ट्रिय सहकारी महासंघद्वारा सञ्चालित ‘डिल्पोमा इन को अपरेटिभ म्यानेजमेन्ट’ का फस्ट ब्याच समेत हुन् । सहकारी ऐनमै नेतृत्वमा ३३ प्रतिशत महिला सुनिश्चित समेत गरेको छ । ऐनमा व्यवस्था भएपनि नेतृत्वमा महिला सहभागिता कम रहेको उनको भनाई छ । सहकारीमा अभियानमा महिला नेतृत्व बढाउनका लागि यसपटक आफू नेतृत्वमा आउन लागेको उनले बताईन् । साथै सम्पूर्ण सहकारीकर्मीबाट साथ, सहयोग हुने अपेक्षा गरेको उनले बताईन । सहकारीप्रति सदस्यहरुको विश्वास कम हुँदै गएको अवस्थामा सक्षम व्यक्ति नेतृत्वमा आउनुपर्ने उनको भनाई छ । कर्जा सूचना केन्द्र, बचत सुरक्षण कोष, कर्जा असुली न्यायधिकरण, दोस्रो तहको नियामक निकाय, बचत तथा ऋण सहकारी ऐन स्थापना गर्न आफ्नो भूमिका केन्द्रीत रहने उनले बताईन् । पदको लागि मात्रै नेतृत्वमा आउने नभई सहकारी अभियानको हितमा काम गरी व्यवस्थित गर्नको लागि आफ्नो उम्मेदवारी रहेको उनले प्रष्ट पारिन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *