भविष्य वचत तथा ऋण सहकारी संस्थाद्वारा स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न
भक्तपुर । भविष्य वचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ ओें वार्षिक उत्सवको उपलक्ष्यमा बीपी नेत्र प्रतिष्ठान मनोहराको प्राबिधिक सहयोगमा संस्थाद्वारा आयोजित खुल्ला निशुल्क स्वास्थ शिविर कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा नाक कान घाँटीमा १९४ , जना ,आखाँमा १६५ जनागरि जम्मा ३५९ जनालाई नाक कान घाँटी र आँखाको उपचार सेवा प्रदान गरियो । यस सहकारी संस्थामा जाँच गरिएका बिरामिहरुलाई विशेष छुट दिने कुरा स्वस्थ्यकर्मि तुलसि प्रसाद चुडालले बताउनु भयो । कार्यक्रमको सभापतित्व तेजबहादुर च्वामु श्रेष्ठले गर्नु भएको थियो ।
प्रमुख अतिथि सुर्यविनायक नगरपालिका वडा नं ३ का वडाध्यक्ष दिपेन्द्र के.सिले पानसमा दिप प्रज्वलन गरि कार्यक्रम उद्घाटन गर्नु भएको थियो । त्यसैगरि संस्थापक अध्यक्ष तथा बरिष्ठ सल्लाहकार ज्ञानकृष्ण श्रेष्ठ, सल्लाहकार राजकुमार कार्कि र प्राबिधिक सल्लाहकार जनक श्रेष्ठको पनि उपस्थित रहेको थियो । सभापति,प्रमुख अतिथि र अतिथिहरुलाई संस्थाको उपाध्यक्ष सरश्वती घिमिरे र व्यवस्थापक लक्ष्मिपुष्पा भटराईबाट खादा माला लगाई स्वागत गर्नु भएको थियो ।
कार्यक्रम व्यवस्थापनमा गंगाराम श्रेष्ठ ,उद्धव प्रसाद घिमिरे,फणिन्द्र घिमिरे, दामोदर भटराई हिराकृष्णमाडि श्रेष्ठ ,तोक वहादुर श्रेष्ठ ,रुपा प्रसाईं अम्बिका खडका,उर्मिला भटराई,बिमला ढुङगेल , अनिता घिमिरे रहनु भएको थियो भने सुनिता केसि सुदिप दवाडि ,पार्वता दाहाल सावित्री श्रेष्ठ,बिनिता अधिकारी यसोदादेवि नेपाल, शान्तिराम वलि, गणेशप्रसाद ढुङगेल ,अन्जु मल्ल ठकुरी गोमा पराजुलि रहनु भएको थियो ।
त्यसै गरि खुल्ला निशुल्क स्वास्थ्य शिविर सञ्चालनमा प्राबिधिक टोलिमा डाक्टर दिपक खडका,विजय खत्री, अनु मुस्याखो,निर्भिक श्रेष्ठ,अनुक पाण्डे ,छवि शंकर शाह,राकेश अवाल तुलसिप्रसाद चुडांल रहनु भएको थियो । कार्यक्रम बिश्वनाथ ढुङगेलले सञ्चालन गर्नु भएको थियो । कार्यक्रमका सभापति तेजबहादुर च्वामु श्रेष्ठले सञ्चालक समिति ,उप समितिका साथिहरु लगायत सबैलाई धन्यवाद दिदै स्वास्थ्य शिविर सञ्चालनमा आउनु भएका स्वास्थ्यकर्मि तुलसिप्रसाद चुडाललाई मायाको चिनो बितरण गर्नु भयो ।