पाँच नेतालाई कांग्रेसले सोध्यो स्पष्टीकरण
काठमाण्डौं । नेपाली कांग्रेसले गत निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारलाई असहयोग गर्ने ५ जना नेतालाई स्पष्टीकरण सोधेको छ । मंगलबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठकले यस्तो निर्णय गरेको हो । गत फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गर्ने नेताहरूलाई ५ दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको समितिका संयोजक तारामान गुरुङले जानकारी दिए । बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन –२०८२ मा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध असहयोग गर्ने देहाय बमोजिमका व्यक्तिहरूलाई केन्द्रीय अनुशासन समितिमा ५ (पाँच) दिनभित्र स्पष्टीकरण पेस गर्न पत्राचार गर्ने निर्णय गरेको छ, विज्ञप्तिमा भनिएको छ ।
यी हुन् स्पष्टीकरण सोधिएका नेताहरू
१. देवकरणप्रसाद कलवार (सन्तु), महासमिति सदस्य, कांग्रेस एवं वनमन्त्री, लुम्बिनी प्रदेश
२. मा. प्रदीप सुनुवार, पूर्वकेन्द्रीय सदस्य एवं मन्त्री कोशी प्रदेश ।
३. मा. प्रचण्ड विक्रम न्यौपाने, यातायात तथा पर्यटन मन्त्री, लुम्बिनी प्रदेश ।
४. मा. राजु खनाल, उपसभापति लुम्बिनी प्रदेश एवं प्रदेशसभा सदस्य ।
५. मा. जंगीलाल राय, प्रदेश सांसद मधेश प्रदेश ।
















