सांसद विनोद चौधरीको ताकेतापछि उखु किसानले पाए रकम


नवलपरासी । नवलपरासी पश्चिम १ बाट निर्वाचित सांसद विनोद चौधरीको पहलपछि किसानले अनुदान रकम पाएका हुन् । उनले उखुको समर्थन मूल्य तोक्न र अनुदान रकम उपलब्ध गराउन कृषि मन्त्रालयलाई निरन्तर ताकेता गर्दै आएका छन् । नेपाली कांग्रेसका नेता एवं लुम्बिनी प्रदेशसभा सदस्य देवकरण प्रसाद कलवार ‘सन्तु’ले सांसद विनोद चौधरीको पहलका कारण किसानले अनुदान वापतको रकम पाएको बताए । ‘हामी यहाँका जनप्रतिनिधि, उखु किसान गएर माननीय विनोद चौधरीसँग कुरा राख्यौं । उहाँले कृषि मन्त्रालयमा निरन्तर ताकेता गर्नुभयो । अनुदान रकम भुक्तानी गर्न कृषि मन्त्री, सचिव, कोलेनिकाका प्रमुखसँग कुरा गर्नुभयो । कृषि मन्त्रालयले कृषि विभागमार्फत नवलपरासी पश्चिममा १५ करोड १२ लाख १५ हजार ५ सय ५८ रुपैयाँ अनुदान रकम वितरण गरिएको कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) नवलपरासीले जनाएको छ । ‘दशैं अगाडि नै कृषि विभागबाट १५ करोड रुपैयाको अख्तियारी आएको हो ।

त्यसपछि हामीले उद्योगबाट किसानको विवरण मागेर डकुमेण्ट रुजु गरेर वितरण सुरु गरिसकेका छौं,’ जिल्ला कोलेनिका प्रमुख परशुराम नेपालले भने । उनका अनुसार पश्चिम नवलपरासीमा ६ हजार १ सय ९४ किसानका लागि अनुदान रकम आएको हो । ‘कृषि मन्त्रालयले आर्थिक बर्ष ०७९।८० का लागि अनुदान रकम प्रतिक्विन्टर ७० रुपैयाँ तोकेको छ । सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा अनुदान रकम वितरण गरिएको हो । चिनी उद्योगबाट प्राप्त विवरणका आधारमा किसानको बैंक खातामा अनुदान रकम पठाउने काम भइरहेको समिति संयोजक एवम् सहायक प्रमुख जिल्ला अधिकारी प्रकाश देवकोटाले उल्लेख गरे । ‘उखु किसानलाई दिने रकम निकासा भइसकेको छ । उनीहरुको बैकिङ खातामा रकम निकासा गरेका छौं । उखुबापतको अनुदान रकम पाएपछि किसान खुसी छन् । ‘यसअघि अनुदान रकम पाउन निकै गाह्रो हुन्थ्यो, यसपटक माननीय विनोद चौधरीले पहल गर्नुभयो भनेर हामीले थाहा पायौं । पैसा हाम्रो खातामा आइसकेको छ, सुस्ता, विर्ताका उखु किसान राजेश्वर जयसवालले खुसी व्यक्त गर्दै भने, माननीयज्यूलाई धन्यवाद ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *