अनलाइनमार्फत यौन व्यवसाय चलाउने पक्राउ


काठमाडौं । अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गर्ने गिरोहका नाइकेलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूमाथि काठमाडौं उपत्यकाको दरबारमार्ग, नयाँ बसपार्क, तिङ्लेङ्गाटार, बानेश्वरसहितका स्थानबाट सामाजिक सञ्जालको प्रयोग गरी यौन व्यवसाय सञ्चालन गरेको आरोप छ ।

पक्राउ पर्नेमा रामेछापको दोरम्बा–३ घर भई हाल ललितपुर बस्ने २७ वर्षीय छत्रबहादुर रोक्का, ओखलढुङ्गाको लिखु–७ घर भई हाल कागेश्वरी मनहारा बस्ने ३३ वर्षीय गोपाल थापा, सिन्धुलीको सुनकोसी–६ घर भई हाल कालोपुल बस्ने ४४ वर्षीय सेते सार्की, सल्यानको कपुरकोट–५ घर भई हाल बालाजु बस्ने २५ वर्षीय शिवराज परियार र नुवाकोटको बिदुर–६ घर भई हाल काठमाडौं बस्ने ३० वर्षीय अमृत रोक्का रहेका छन् । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *