रुसी सेनामा भर्ना भएका ६ नेपालीको मृत्यु ,युक्रेनको तर्फबाट पनि नेपाली लडेको खुलासा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालीहरू रुसी सेनामा मात्रै नभई युक्रेनको तर्फबाट पनि युद्ध लडिरहेको बताएका छन् ।

आज (सोमबार) दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पादकहरूसँग कुराकानी गर्दै उनले रुसी सेनामा गएका ६ जना नेपालीको मृत्यु भइसकेको जानकारी दिएका छन् । ‘रुसी सेनामा मात्र गएका छैनन् नेपाली, युक्रेनको तर्फबाट पनि लडेका छन्,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘रुसी सेनामा गएका ६ जनाको मृत्यु भइसकेको छ ।’

निधन भएका नेपालीहरुको विवरण:

क्र. सं. नाम नेपालमा ठेगाना
१ सन्दिप थपलिया गोरखा
२ रुपक कार्की वाणगंगा-१, कपिलबस्तु
३ देवान राई पोखरा, कास्की
४ पितम कार्की पुतलीबजार-५, स्याङ्गजा
५ राज कुमार रोका मेलुङ्ग-६, दोलखा
६ गंगाराज मोक्तान इलाम-५, इलाम

सोमबार परराष्ट्र मन्त्रालयले  विज्ञप्ति जारी गरेर मृतकको शव नेपाल पठाउन र पीडित परिवारलाई क्षतिपूर्ति दिन अनुरोध गरेको जनाएको छ । रुसी सेनामा भर्ना भएकामध्ये ६ जना नेपालीको मृत्यु भएको खबर आइरहेको बेला युक्रेनी सेनामा समेत नेपालीको भर्ती भएका खुलासा भएको छ ।

साथै, कसैको प्रलोभनमा परी वा गलत सूचनाको आधारमा युद्धग्रस्त मुलुकहरुको सेनामा भर्ना नहुन परराष्ट्र मन्त्रालयले अनुरोध गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *