ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा ढकाल


काठमाडौं । ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा कपिल ढकाल नियुक्त भएका छन्। बैंकको मङ्सिर २० गते बसेको संचालक समितिको बैठकले सोहि मिति देखि नै लागु हुने गरि उनलाई सीइओ नियुक्त गरेको हो । उनको कार्यकाल ४ वर्षको हुनेछ । यस अघि उनी बैंकको कायम मुकायम सीइओ थिए ।

बैंकमा वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत रहेका ढकाल मङ्सिर ४ देखि कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए। यस अघि बैंकमा प्रमुख कार्यकारी अधिकृत रहेका श्री चन्द्र भट्टले राजिनामा दिएपछि बैंकले मङ्सिर ४ देखि लागु हुने गरि ढकाललाई कामु सीइओको जिम्मेवारी दिएको थियो।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *