त्रिविको ४९ औं दीक्षान्त समारोह पुस २ गते


काठमाडौं । त्रिभुवन विश्वविद्यालयले दशरथ रंगशालामा पुस २ गते ४९औं दीक्षान्त समारोह गरिने समारोहका लागि अहिले तयारी तिव्र पारिएको त्रिविले जनाएको छ । सो समारोहमा विसं २०७९ असार १ गतेदेखि २०८० सेठ ३२ गते सम्मका स्नातक तहदेखि स्नातकोत्तर तह उत्तीर्ण ७७ हजारभन्दा बढी विद्यार्थी दीक्षित हुनेछन् । त्रिविको ६४ औं वार्षिक दिवसको अवसरमा पारित ६४ औं ग्रेस लिस्टको आधारमा विद्यार्थीको संख्या यकिन भएको हो ।

ग्रेस लिस्टमा व्यवस्थापन संकायबाट २८ हजार ४ सय ३८, शिक्षाशास्त्र संकायबाट १८ हजार १ सय ६३, मानविकी तथा सामाजिक शास्त्र संकायबाट १५ हजार १८, कानुन संकायबाट २ हजार ३ सय ६३, विज्ञान तथा प्रविधि अध्ययन संस्थानबाट ७ हजार २ सय ७८, इन्जिनियरिङ अध्ययन संस्थानबाट २ हजार ८ सय ८३, चिकित्सा शास्त्र अध्ययन संस्थानबाट २ हजार १०, कृषि र पशु विज्ञान अध्ययन संस्थानबाट ६ सय ५०, वन विज्ञान अध्ययन संस्थानबाट ३ सय गरी जम्मा ७७ हजार १ सय ३ विद्यार्थी रहेका छन् । यसैबीच त्रिभुवन विश्वविद्यालय कर्मचारी संघले त्रिविले संघसँग गत चैतमा गरेको सम्झौता र गत वर्षको पुसमा बुझाएको ४५ बुँदे माग आज बुधबारसम्म पूरा नगरे दीक्षान्त समारोह हुन नदिने चेतावनी दिएको छ । संघले गत सोमबार उपकुलपति प्राडा शिवलाल भुषाल समक्ष ३ दिने अल्टिमेटमसहित ज्ञापनपत्र बुझाउँदै यस्तो चेतावनी दिएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *