हाम्रा परमात्माहरुको सम्झना भाग–२
भाग–१ बाट क्रमश(४ग) श्री कृष्ण ः “स्वयं निराधार विषे टना–टन । असङ्खय ब्रम्हाण्ड खड गरी कन ॥ जगद जगायो कुन कर्मिले किन ? तलाई मालुम छ कि यो कुरा भन ?”(लेखनाथ पौड्याल । बुद्धि बिनोद । नेपाल) । लेखनाथले जुन कर्मीको शङ्केत गर्नु भएको छ कृष्णकृपामूर्ति–श्री श्रीमद्अभयचरणाविन्द भक्तिवेदान्त स्वामी प्रभुपादले आफ्नो कृति ‘श्रीमद्भगबदगीता यथारुप’ मा परमात्माको रुपमा भगवान श्रीकृष्णलाई मान्नु भएको देखिन्छ । पहाडमा सानामा जव आमाले मलाई चण्डी पाठ गर्न सिकाउनु हुन्थयो त्यतीबेला भात खाँदा पहिलो गासँलाई मुखमा हाल्नु अघि हातमा राखेर ‘कृष्ण अर्पण’ भन्नु भनेर सिकाउनु भएको सम्झना छ । अचेल रामानुज मार्गीहरुले करिव १५ वटा भन्दा बढी ससाना कचौरा थालीमा भोग लाउर मात्र खाने गरेको देखेको छु । श्रीमद्भगवद्गीतामा अजूनद्वारा श्रीकृष्णलाई–“वायुर्यमोऽग्निर्वरुण ःशशाङ्क स्प्रजापतिस्त्व प्रपितामहश्वच । नमो नमस्तेऽस्तु सहस्त्रकृत्व ःपुनश्च भूयोऽपि नमो नास्ते ॥११–७ ॥–हजुर नै वायु,यमराज,अग्नी,वरुण,
चन्द्रमा,प्रजाका स्वामी प्रजापति तथा पितामह ब्रह्माजीजीको पनि पिता हुनुहुन्छ । हजूरलाई हजारौँ पटक नमश्कार छ । फेरि पनि पटक पटक त्यो भन्दा धेरै धेरै नमश्कार छ”(स्वामी श्री अड्गडनन्दजी । यथार्थ गीता । श्री परमहंश स्वामी अड्गड्नान्दजी आश्रम ट्रष्ट,मुम्बई,भारत । ई.सं.२००९ ।)भनेर श्रद्धा तथा भक्तिपूर्वक भनिएका यी शब्दहरुले बास्तवमा हामी बशेको यो सृष्टि नै स्वयं भगबान श्रीकृष्ण हुन भन्ने भगवानभावनाभावित हुन्छ ।
श्रीकृष्णलाई सवभन्दा बुद्धिमान देवता मानिन्छ । विश्वमा यहुदीहरुलाई पनि निकै बुद्धिमान जाति मानिन्छ । यदुबंशीहरुको आपशी कलहबाट ज्यान जोगाएर भाग्दै इजरायल पुगेका यहुदीहरु नै श्रीकृष्णका बंशहरु हुन भन्ने चर्चा पनि सुनिन थालेको छ । अर्कोतिर विश्वमा सवभन्दा पहिलो नारीबादी–फेमिनिष्ट पनि श्रीकृष्ण नै भएको भन्ने दावि गर्नेहरु पनि छन् ।
(४ग१) “यहाँ देहाय बमोजिम प्रस्तुत गरिएका श्रीकृष्णका सरल तथा पौराणिक तीन मन्त्रहरु जप्नु भन्दा अगाडि एक पटक जप्नु पर्ने मन्त्र हो–‘ॐ श्री कृश्णाय शरणम् मम ।’ः(४ग१क)‘ॐ कृष्णाय वासुदेवाय हरये परमात्मने ॥ प्रणतःक्लेशनाशाय गोविन्दाय नमो नमः॥’ यो पहिलो मन्त्रको लागि पवित्रताको विशेष ध्यान राख्नु पर्ने भएकाले स्नान गरिसकेपछि कुशको आसनमा बशेर बिहान साँझ गर्ने बन्दनासँगसँगै जीवनमा कुनै पनि किशिमको सङ्कट नआओश भन्नकोलागि यो मन्त्रको पनि १०८ पटक जप गर्नुपर्छ । (४ग१ख) ‘ॐ नमः भगवते वासुदेवाय कृष्णाय । क्लेशनाशाय गोविंदाय नमो नमः॥’ दोश्रो मन्त्र सङ्कटको बेला दोहोँर्याउने गरिन्छ । जब कसैलाई आकस्मिक सङ्कट आईपर्छ यो मन्त्र संकल्प सहित जप्ने गर्नुपर्छ ।
(४ग१ग) ‘हरे कृष्ण हरे कृष्ण,कृष्ण कृष्ण हरे–हरे । हरे राम हरे राम,रामराम हरे हरे ॥’ हिँडदा डुल्दा ऊठबस गर्दा फूर्शद भयोकी श्रीकृष्णसँग जोडीई रहनको लागि निरन्तररूपमा यो मन्त्र जपेर ध्यान गर्दा मोक्ष प्राप्तिको बाटो प्रष्ट हुन्छ”(–पञ्जाब केशरी,दैनिक। श्रीकृष्ण के तीन पौराणिक मन्त्र किसी भी प्रकार के सङ्कट को पास फटकने नहीँ देते,धर्म स्तम्भ । भारत । १५ मे ई.सं.२०१७)
(४ग२) “एको देवो देवकीपुत्र एव”(–गीता माहात्म्य)। (ग) “सुमिरन श्याम तुम्हारो मोहक,भोर प्रात नित पाये । तुम हौ जीवन के आधार मम्,जागत सोवत सुधि आये”(–‘मदन’ । मसँग सामाजिक सञ्जालमा जोडीनु भएको साहित्य लेखक–ज्योतिष,प्राकृतिक चिकित्सक,वास्तु बिज्ञ–बुद्धिजीवी–सचेत भारतीय नागरिकले श्री वृन्दावन धाम मै गएको बेला ०२ डीसम्बर ई.सं.२०२३ मा त्यहीँ नै रचना गर्नु भएर ०२ डीसम्बर ई.सं.२०२३ मा नै सामाजिक सञ्जालमा साझा गर्नु भएको भित्ताबाट)
(४ग३) यसपालि बि.सं.२०८० कों कृष्ण जन्माष्टमीमा उताका गुरुले यही मन्त्र जप्नु भनेकाले यही मन्त्रको जप गरियो । “कृष्ण जन्माष्टमीमा कृष्ण–‘अष्टकको पाठ’ (वृषभ राशि),‘ॐ कोटि–सूर्य–समप्रभाय नमः’(सिंह राशि),‘ॐ दयानिधाय नमः’(कुम्भ राशि),‘ॐ यशोदा–वत्सलाय नमः’(मीन राशि)” (एबीपी टेलिभिजन । जन्माष्टमी पर आज अपनी राशि के अनुसार करेँ इन मन्त्रोँ का जाप,सारे कष्टों से मिलेगी मुक्ति । भारत । ०७ सेप्टेम्बर ई.सं.२०२३ ।)
(४ग४) “हे कृष्ण करुणासिन्धो दीनबन्धो जगत्पते। गोपेश गोपिकाकान्त राधाकान्त नमोऽस्तु ते ।।– हे कृष्ण १ हजूर करुणाका सागर,दुःखीहरुका सखा र सृष्टिको निर्माता– मालिक हुनुहुन्छ,हजूर समस्त गोपालहरुको इश्वर–हजूर गोपीहरुका स्वामी तथा प्रिय राधाधारानीको प्यारो मायालु पनि हुनुहुन्छ,म हजूरको बन्दना गर्दै सादर प्रणाम गर्दछु ।”
(४ग५) “संसारका विषय–चनविषे मलाई आशा छँदैछ अझ हा । अति दुःखदायी । केबाट छुट्छ सब यो,अब ता छुटाऊ,हेकृष्ण । शान्तिरसको सरिता बहाऊ–८॥ दुःखी दरिद्रहरुको सकौँ म गर्न,सेवा अनेक विधिले अनि हर्ष पार्न । इच्छा छ यै हृदयमा अब लौ पुर्याउ, हेकृष्ण । शान्तिरसको सरिता बहाऊ–२२॥ आसक्ति यो विषय देखि खिँचेर नाथ । लागौँ सधैँ भजनमा अति प्रीति साथ । तिम्रो पवित्र पदमा मन यो रमाऊ,हेकृष्ण । शान्तिरसको सरिता बहाऊ–२६ ॥ हेकृष्ण । बृन्दावनको बिहारी हेसत्यको सुन्दर रुपधारी । हेविश्वव्यापी त्रयतापहारी । उद्धार हामूो गर हेमुरारि ।”(–ज्योतिप्रसाद गौतम ‘श्याम’ । शान्ति सरिता । हरिकिर्तन भजन,काठमाण्डौं,नेपाल ।)
(४ग६)“देवकीनन्दनं कृष्णं जगदानन्दकारकम् । झुक्तिमुत्तिप्रदं वन्दे माधवं भक्तवत्सलम्–जसले सम्पूर्ण जगत्लाई आनन्द प्रदान गर्नुहुन्छ,खुशी पार्नुहुन्छ तथा भोग र मोक्ष,मुक्ति गरिदिनुहुन्छ ,उहाँ लक्ष्मीपति भक्तवत्शल देवकीनन्दन श्रीकृष्णलाई म सादर प्रणाम गर्दछु ।”

(४ग७) “वंशी विभूषित करान्न वनीर दाभात्,पीताम्बरा दरुण बिम्ब फला धरोष्ठात् । पूर्णेन्दु सुन्दर मुखादर विन्द नेत्रात्,कृष्णात्परं किमपि तत्त्व महं न जाने–जसको करकमल बंशीले शोभायमान–विभूषित भएको छ,जसको सुन्दर शरीरको कान्ति नयाँ बादल जस्तै घनश्याम छ,जसको पिताम्बर बस्त्र छ,अरुणको लाली जस्तो तल्लो ओठ छ । पूर्णिमाकों जुन जस्तो चहकिलो–सुन्दर–मनमोहिनी–मधुर मुहारमा सुन्दर दुई कमल नेत्र छन,‘कृष्ण’को अर्थ नै ‘आकर्षण गर्ने हुन भने यस्ता श्रीकृष्ण भगवान बाहेक अरु कुनै परम तत्व छन भन्ने कुरा मलाई जानकारी छैन”।। “यी ऊरन्ठेऊला गोपीबल्लभ जिद्धि गरेर जसलाई आफ्नो बसमा पारनू हुन्छ उसले यी गोपीबल्लभ बाहेक अरु कसैलाई मन पराऊदैनन्”(–अद्वैत सम्राट श्रीमधुसूदन सरस्वतीजी । हिन्दुस्तान ।) । “सायद यही भएर होला श्रीमधुसूदन सरस्वतीजी जस्ता ज्ञान महारथीले आफु पनि श्रीकृष्णको बसमा पारेर दाशनै भएको अनुभूति गरेर यो श्लोकको रचना गर्नु भएको हुनुपर्छ । भगवान श्री कृष्णको स्वरूप नै यस्तो छ की कोही पनि उहाँप्रति आकर्षित नभै रहनै सक्दैन । समाजमा त मान्छेहरु यति सम्म भन्छन की–‘बटाऊ । वा मग तैँ मति जइयो। देखन कौँ अति भोरो कोरो जादूगर बहु सैयो । हरत चित्तधन सरबस तुरतहिँ,नहिँ कोउ ताहि रुकैयो ।।’–हे बटुवा हो त्यो बाटो नजानु है,डरमर्दो छ । त्यहाँ कम्मरमा हात राखेको बृक्ष समान एक नीलों श्याम दिगम्बर बालक उभिएका छन,उनी आफ्नो छेउबाट हिडने जति बटुवाको चित्तरूपी धन सबै नै खोशेर लिन्छन अर्थात तिनलाई देख्ने बित्तीकै बटुवा लठ्ठ परिहाल्छन”(–अर्चना अग्रवाल,२०१५ । श्रीकृष्णःचितचोर । आराधिका–आराधिका डट कम । हिन्दुस्तान । २२ अक्टोबर ई.सं.२०१५ ।)
(४ग८) (४ग८क)“करारविन्देन पदारविन्दं मुखारविन्दे विनिवेशयन्तम्। वटस्य पत्रस्य पुटे शयानं बालं मुकुन्दं मनसा स्मरामि ॥” मन्त्र जपेर बालकृष्णको ध्यान गर्नु पर्छ ।

(४ग८ख) श्रीगोविन्द दामोदर स्तोत्रम् पनि पाठ गर्नु पर्छ । –“श्रीकृष्ण विष्णो मधुकैटभारे भक्तानुकम्पिन् भगवन् मुरारे । क्रायस्व मां केशव लोकनाथ गोविन्द दामोदर माधवेति ॥२॥ वित्रेतुकामा किल गोपकन्या मुरारिपादार्पितचित्तवृत्तिः । दध्यादिकं मोहवशादवोचद् गोविन्द दामोदर माधवेति ॥३॥गृहे गृहे गोपवधूसमूहः प्रतिक्षणं पिञ्जरसारिकाणाम् । स्खलद्गिरां वाचयितुं प्रवृत्तो गोविन्द दामोदर माधवेति ॥ ६॥ सुखं शयानं निलये च विष्णुं देवर्षिमुख्या मुनयः प्रपन्नाः ।तेनाच्युते तन्मयतां व्रजन्ति गोविन्द दामोदर माधवेति ॥२१॥ सुखं शयाना निलये निजेऽपि नामानि विष्णोः प्रवदन्ति मर्त्याः । ते निश्चितं तन्मयतां व्रजन्ति गोविन्द दामोदर माधवेति ॥३८॥ त्वामेव याचे मम देहि जिह्वे समागते दण्डधरे कृतान्ते । वक्तव्यमेवं मधुरं सुभक्त्या गोविन्द दामोदर माधवेति ॥५२॥ जिह्वे सदैवं भज सुन्दराणि नामानि कृष्णस्य मनोहराणि । समस्तभक्तार्तिविनाशनानि गोविन्द दामोदर माधवेति ॥५४॥ गोविन्द गोविन्द हरे मुरारे गोविन्द गोविन्द मुकुन्द कृष्ण ।गोविन्द गोविन्द रथाङ्गपाणे गोविन्द दामोदर माधवेति ॥५५॥ सुखावसाने त्विदमेव सारं दुःखावसाने त्विदमेव गेयम् । देहावसाने त्विदमेव जाप्यं गोविन्द दामोदर माधवेति ॥५६॥ श्रीकृष्ण राधावर गोकुलेश गोपाल गोवर्धन नाथ विष्णो । जिह्वे पिबस्वामृतमेतदेव गोविन्द दामोदर माधवेति ॥५८॥ श्रीकृष्ण गोविन्द हरे मुरारे हे नाथ नारायण वासुदेव । जिह्वे पिबस्वामृतमेतदेव गोविन्द दामोदर माधवेति ॥७०॥)–(श्रीलीलाशुक श्रीबिल्वमंगल ठाकुर–‘श्रीलीलाशुक’ । श्रीकृष्णकर्णामृत–श्रीगोविन्द दामोदर स्तोत्रम्–७१ श्लोक । सौजन्य स्शालू,सनातन ग्रुप तथा वैदिक्स डट इन –बृहत् स्तोत्ररत्नाकर । भारत। मार्फत गूगल इंटरनेट डिसेम्बर ०६ ई.सं.२०२३) ।
(५) आरती ः (५क)हिन्दू धर्मलाई मान्ने श्रद्धालुहरु मन्दिर वा घरमा हुने दैनिक पूजाआजा,यज्ञ,पुराणमा विभिन्न देवी–देवताहरुको स्तुतिको लागि अलग–अलग सम्बद्ध कथा,वैदिक मन्त्ररु–श्लोकहरु पाठ गर्छन । यस्ता दैविक पूजाआजा सम्पन्न भैसकेपछि विधान अनुशार आरती पनि गर्छन ।
(५क१) नेपालीहरुले प्राय ‘जगदीश हरे’भन्ने आरती गर्छन–
“ॐ जय जगदीश हरे,प्रभु जय जगदीश हरे । प्रभू का चरण उपाशक,हरि का चरण उपाशक । कति कति पार तरे,ॐ जय जगदीश हरे । मनको थाल मनोहर, प्रेम रूप बाती,प्रभु प्रेम रूप बाती । भाब कपुर छ मङ्गल,भाब कपुर छ मङ्गल ।आरती सब भाती,ॐ जय जगदीश हरे । नित्य नीरञ्जन निर्मल कारण अबिनाशी,प्रभु कारण अबिनाशी । शरण गत प्रति पालक,शरण गत प्रति पालक । चिन्मय सुख राशी,ॐ जय जगदीश हरे । श्रृष्टि स्थिती लय कर्ता,त्रिभुवनका स्वामी,प्रभु त्रिभुवनका स्वामी । भक्ति सुधा बर्साउ,प्रेम सुधा बर्साउ । शरण पर्यौँ हामी,ॐ जय जगदीश हरे । आँशु र भाव निबारक,तारक सुख दाता,प्रभु तारक सुख दाता । गुण अनु रुप तिमी हौ,गुण अनु रुप तिमी हौ । हरि हर हौ धाता,ॐ जय जगदीश हरे । यूग यूग पालना गर्छौ,अगणित रुप धरी,प्रभु अगणित रुप धरी । लिला मय रस बिग्रह,लिला मय रस बिग्रह । करुणा मुर्ति हरि,ॐ जय जगदीश हरे । समदा शान्ति प्रदायक,सज्जन हितकारी,प्रभु सज्जन हितकारी । चरण “ॐ जय जगदीश हरे,प्रभु जय जगदीश हरे । प्रभू का चरण उपाशक,हरि का चरण उपाशक । कति कति पार तरे,ॐ जय जगदीश हरे । मनको थाल मनोहर, प्रेम रूप बाती,प्रभु प्रेम रूप बाती । भाब कपुर छ मङ्गल,भाब कपुर छ मङ्गल ।आरती सब भाती,ॐ जय जगदीश हरे । नित्य नीरञ्जन निर्मल कारण अबिनाशी,प्रभु कारण अबिनाशी । शरण गत प्रति पालक,शरण गत प्रति पालक । चिन्मय सुख राशी,ॐ जय जगदीश हरे । श्रृष्टि स्थिती लय कर्ता,त्रिभुवनका स्वामी,प्रभु त्रिभुवनका स्वामी । भक्ति सुधा बर्साउ,प्रेम सुधा बर्साउ । शरण पर्यौँ हामी,ॐ जय जगदीश हरे । आँशु र भाव निबारक,तारक सुख दाता,प्रभु तारक सुख दाता । गुण अनु रुप तिमी हौ,गुण अनु रुप तिमी हौ । हरि हर हौ धाता,ॐ जय जगदीश हरे । यूग यूग पालना गर्छौ,अगणित रुप धरी,प्रभु अगणित रुप धरी । लिला मय रस बिग्रह,लिला मय रस बिग्रह । करुणा मुर्ति हरि,ॐ जय जगदीश हरे । समदा शान्ति प्रदायक,सज्जन हितकारी,प्रभु सज्जन हितकारी । चरण शरण अब पाँऊ,चरण शरण अब पाँऊ । प्रभु भब भय हारी,ॐ जय जगदीश हरे । भाब मनोहर,देउ सादक फलदायी,प्रभु देउ सादक फलदायी । जीवन धन्य बनोस प्रभु,जीवन धन्य बनोस प्रभु । प्रभु पद सेवा पाई,ॐ जय जगदीश हरे । संयम सुर सरिताको,अविरल धाराबहोस्,प्रभु अविरल धाराबहोस् । जति जति जन्म भए पनि,जहाँ जहाँ जन्म भए पनि । प्रभुमा प्रेम रहोस,ॐ जय जगदीश हरे । प्रेम सहित शुभ आरति, जसले नित्य ग–यो,प्रभु जसले नित्य गर्यो । दिन दिन निर्मल बन्दै,प्रति दिन पावन बन्दै । त्यो भब सिन्दू तर्यो,ॐ जय जगदीश हरे”(–रेडियो नेपालमा सवभन्दा पहिले बज्ने चर्चित पुरानो आरती । बिकाश जय गौतम, ॐ जय जगदीश हरे यू ट्यब,०५ नोभेम्बर ई.सं.२०१४ )।

(५ख) आरती पूर्ण भै सकेपछि–‘जो कर्पूरको समानरुपका अनि गौर वर्णका,करुणाका साक्षात् अवतार,सम्पूर्ण सृष्टिका सार,नागरुपी सर्पलाई गहनाको रुपमा धारण गर्नु भएका,जो शिव पार्वतीसँग सधैँ मेरो हृदयमा बास गर्नु हुन्छ उहाँलाई नै म सादर प्रणाम गर्दछु’ भन्ने भावको प्रत्येक शब्दमा भगवान शिवजीको स्तुति भएको एक–“कर्पूरगौरं करुणावतारं संसारसारं भुजगेन्द्रहारम् । सदा बशन्तं हृदयारबिन्दे भबं भवानीसहितं नमामि ।।” जस्तो दिव्य एवं अलौकिक मन्त्रलाई पनि विशेष तवरले पाठ गरिने प्रचलन छ । यो मन्त्रको प्रतापले ब्रह्मा–विष्णु–शिव–कृष्ण–गणेश सवै एकै स्थानमा जम्मा भएर रमाउँदै नाँच्ने र पार्वती–लक्ष्मी लगायतले नाँच हेर्ने पनि गर्नुहुन्छ भन्ने विश्वाश भक्तजनमा भएको समेत पाइन्छ ।स्तुति भएको एक–“कर्पूरगौरं करुणावतारं संसारसारं भुजगेन्द्रहारम् । सदा बशन्तं हृदयारबिन्दे भबं भवानीसहितं नमामि ।।” जस्तो दिव्य एवं अलौकिक मन्त्रलाई पनि विशेष तवरले पाठ गरिने प्रचलन छ । यो मन्त्रको प्रतापले ब्रह्मा–विष्णु–शिव–कृष्ण–गणेश सवै एकै स्थानमा जम्मा भएर रमाउँदै नाँच्ने र पार्वती–लक्ष्मी लगायतले नाँच हेर्ने पनि गर्नुहुन्छ भन्ने विश्वाश भक्तजनमा भएको समेत पाइन्छ । (५ख१) आरती पछि एवं पूजा यज्ञ सम्पन्न गरिसकेपछि अन्त्यमा यो कर्पूरगौरम् करुणावतार स्तुती मन्त्र पाठ गर्नुको कारणमा पनि गहिरो भाव लुकेको पाइन्छ जस्तै(भगवान शिवको यो स्तुति शिव–पार्वतीको विवाहको बेला भगवान विष्णु द्वारा गायको मानिने विश्वास गरिने गरीन्छ । भगवान शिव जी शमशान घाटमा पनि बस्नु हुने भनेर विश्वाश गरिने हुँदा उहाँको रुप स्वरुप डरलाग्दो तथा अघोरी प्रवत्तिको हुन जान्छ रे । तर यो स्तुतिमा शिवको रुप–स्वरुपलाई खुव दिव्य र सुन्दररुपमा बर्णन गरिएको छ । भगवान शिवलाई सृष्टिको मालिक–अधिपति मानिएको पाइन्छ उहाँ मृत्युलोकको देवता हुनुहुन्छ, मनुष्य सहित यस जगतका सवै सृष्टिजीवहरुको उहाँ अधिपति हुनु भएकाले पशुपतिनाथ पनि भनिन्छ । यो समस्त संसार–जगत–सृष्टिका मालिक–अधिपति हुनुहुन्छ उहाँ हाम्रो मनमा सधैँ बास गर्नुहोश,मृत्युको भयलाई टाढा भगाउने शिव श्मशान वासी ह्नुहुन्छ,यस्ता शीवजी हाम्रो मनमा बशेर हामीलाई मृत्युको भयबाट टाढा राख्नुश भन्ने भाव छ यो स्तुती मन्त्रमा ।
(५ख २) शिवको आरतीको रुपमा श्रीरावणद्वारा रचना गरिएको भनेर विश्वास गरिएको १५ स्तोत्र भएको ‘जटाटवीगलज्जलप्रवाहपावितस्थले’जस्तो ‘शिवताण्डवस्तोत्रम’ पनि पाठ गरिने गरिन्छ ।
(६) भारतमा हिन्दु धर्मका संस्कारहरुलाई समयसापेक्ष चुश्त बनाउन नसक्दा हिन्दु धर्म खतरामा पर्न लागेको बहश शुरु भएको पाइन्छ । यस्तै शीलशीलामा हिन्दु धर्म अहिले मार्गी–पन्थीहरुको कारण अलमलमा पर्नै लागेको मात्र हैन विश्वमा अव भारत बहुल हिन्दुहरु भएको राज्य रहेन बरु नेपाल बिश्वमा एकमात्र हिन्दु राष्ट्र थियो त्यहाँ पनि पन्थी–मार्गीहरुको कारण अब पहिचान गुम्न थालेको भनेर भारतीय प्रसिद्ध धामका पण्डितहरु नै भन्न थालेको भनेर चर्चा गर्न थालिएको छ ।
(छवि चित्र सौजन्य ः बालकृष्ण कुरा सुनिरहनु भएको–गडवाल पेपरबाट त्यसैगरी भगवान विष्णुको निलो तस्वीर चाहिँ मैनकीएमजी क्यूराबाट मार्फत गूगल इन्टरनेट ०९ डिसेम्बर ई.सं.२०२३ । शिव,ब्रह्मा लगायत नाँचन भएको गीताप्रेश गोरखपुरको एकादश रुद्र–११५६ पुस्तकबाट) । ई.सं.२०२३ । शिव,ब्रह्मा लगायत नाँचन भएको गीताप्रेश गोरखपुरको एकादश रुद्र–११५६ पुस्तकबाट) ।