उपप्रधानमन्त्री श्रेष्ठ अस्पतालबाट डिस्चार्ज

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ काठमाडौंको गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचारपछि घर फर्किएका छन् । छाती दुखेपछि अस्पताल भर्ना भएका उनको मुटुको खुम्चिएको नशाको एन्जियोप्लास्टी सर्जरी गरिएको थियो ।

स्वास्थ्यमा उल्लेख्य सुधार भएकाले चिकित्सकको सल्लाह र सिफारिसमा उपप्रधानमन्त्री श्रेष्ठ आइतबार घर फर्किएका गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । हाल उनको स्वास्थ्य अवस्था सामान्य छ ।

अस्पतालमा भर्ना हुँदा उपप्रधानमन्त्री श्रेष्ठलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, मन्त्रीहरु, विभिन्न दलका नेता, प्रशासन र कुटनीतिक क्षेत्रका व्यक्ति र सुरक्षा अधिकारी स्वास्थ्य लाभको कामना गर्दै भेट्न पुगेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *