सिटिजन्स बैंकको सिबिआईएल सेक्यूरिटिज संचालनमा


काठमाडौं। सिटिजन्स बैंकको सहायक कम्पनी सिबिआईएल सेक्यूरिटिज धितोपत्र व्यवसायी नियमावली, २०६४ को नियम ७ उपनियम १ मा प्रचलित कानून बमोजिम स्थापना भएको बैंक वा वित्तीय संस्थाले शतप्रतिशत स्वामित्व भएको सहायक कम्पनी मार्फत धितोपत्र दलालको रुपमा कार्य गर्न सक्ने व्यवस्था अनुरुप सिटिजन्सले सिबिआईएल सेक्यूरिटिज संचालन गरेको छ । सिबिआईएल सेक्यूरिटिजको उद्धघाटन गर्दै सिटिजन्स बैंकका अध्यक्ष प्रबलजंग पाण्डेले धितोपत्र बजारमा आफनो छुट्टै पहिचान बनाउने बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सिटिजन्स बैंकको पूर्ण स्वामित्वमा खोलिएको पहिलो संस्था भएको र आगामी दिनहरुमा अरु विभिन्न किसिमका सेवा सुविधाहरु ग्राहकहरु माझ ल्याउने गरि थप संस्थाहरुको स्थापना गर्न सकिने बताए । यो संस्था बैंकको आफ्नै कुपन्डोल स्थित भवनबाट संचालनमा ल्याइएको छ ।

धितोपत्र बजारमा एक विश्वसनीय धितोपत्र दलालको रुपमा स्थापित हुने उद्देश्यले स्थापित यो कम्पनीमा अनुभवी कर्मचारीद्वारा छिटो एवं छरितो सेवा प्रदान हुने र यसको प्रधान कार्यालय, कुपण्डोल, ललितपुरमा रहेको छ।कम्पनीले आफना ग्राहकलाई ब्रोकर खाता खोल्ने सेवा लगायत डिम्याट खाता तथा केन्द्रीयकृत खोल्ने सेवा समेत प्रदान गरिने व्यवस्था गरिएको छ । यसको साथै यस कम्पनी सिटिजन्स बैंकको कुपण्डोल शाखा भवनमा रहेको हुंदा ग्राहकहरुले बैंक खाता खोल्न तथा सेयर धितो कर्जा समेत एकै भवनवाट सेवा प्राप्त गर्न सक्नेछ । यस कम्पनीले निकट भविष्यमा देशका विभिन्न प्रदेशहरुमा शाखा खोली ग्राहकहरुलाई उच्चस्तरको धितोपत्र दलाल सेवा प्रदान गर्ने उद्देश्य लिइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *