एकीकृत समाजवादीको सचिवालय बैठक जारी

काठमाडौ । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक काठमाडौँमा सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा केहीबेर अघि बैठक सुरु भएको हो । आजको बैठकमा विधान संशोधन मस्यौदामाथि छलफल हुने सो पार्टीका महासचिव घनश्याम भुसालले राससलाई जानकारी दिए । उनका अनुसार बैठक आज र भोलि सञ्चालन हुनेछ । गएको मङ्सिर २८ र २९ का लागि तय भएको उक्त बैठक नेताहरुको व्यस्तताका कारण पुस २ र ३ गते अर्थात् आज र भोलि बस्नेगरी सारिएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *