नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले तिर्यो करिब दुई अर्ब कर

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले पनि सरकारलाई कर बापत करिब दुई अर्ब रुपैयाँ बुझाएको छ । चालु आर्थिक वर्षको बजेट मार्फत सेयर प्रिमियम र पर्चेज गेनमा कर लाग्ने सरकारको व्यवस्थाअनुसार बैंकले एक अर्ब ९२ करोड २३ लाख २१ हजार ९ सय ८१ रुपैयाँ ठूला करदाता कार्यालयमा आयकर स्वरुप बुझाएको हो ।

हालै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन खारेज भएसँगै बैंकले अन्य वित्तीय संस्थासँग मर्ज हुँदा वा अन्य संस्थालाई प्राप्तिमा सौदावाजी गर्दा र फर्दर पब्लिक अफरिङ्गमा प्रिमियमवापत प्राप्त रकम समेतलाई आयकार मानी दायित्व भुक्तानी गरेको बैंकले जानकारी गराएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *