सेयर बजार दोहोरो अंकले बढ्यो
काठमाडौं । चालु साताको तेस्रो कारोबार दिन मंगलबार करिब ४६ अंकले सेयर बजार बढेको छ ।
मंगलबार ४५.९८ अंकले बढेको सेयर बजार २१०६.४८ विन्दुमा आएर बन्द भएको छ । यसदिन ३१३ कम्पनीका ९९ हजार ६४१ पटक भएको कारोबारमा १ करोड ६४ लाख ५७ हजार १३८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९८ करोड ४६ लाख ९९ हजार १७५ रुपैयाँको कारोबार भएको छ ।
यसदिन १८३ कम्पनीको सेयर मूल्य बढ्दा ५३ कम्पनीको घटेको छ भने ७ कम्पनीको स्थिर छ ।