बालकुमारी साकोसको २३ औं वार्षिक साधारणसभा,बालकुमारी स्मार्ट मोबाइल बैंकिग सेवा शुभारम्भ


भक्तपुर । भक्तपुर कै उत्कृष्ट सहकारीका रुपमा स्थापित बालकुमारी बचत तथा ऋण सहकारी संस्था लिको शंखधर पार्टी प्यालेस, शंखधरचोक, थिमिमा २३ औं वार्षिक साधारणसभा संस्थाका अध्यक्ष तुईलाल श्रेष्ठ सभापतित्वमा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथीमा मध्यपुर थिमी नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ ,विशेष अतिथी मध्यपुर थिमी नगरपालिकाका नगर उपप्रमुख विजयकृष्ण श्रेष्ठ, मध्यपुर थिमी नगरपालिकाका ४ वडाध्यक्ष बालकृष्ण पाते श्रेष्ठ ,यस संस्थाका पूर्व अध्यक्ष तथा भक्तपुर जिल्ला बचत तथा श्रण सहकारी संघका पञ्चकृष्ण श्रेष्ठ त्यसैगरी संस्थाका उपाध्यक्ष महेन्द्रकुमार जोशी ,संस्थापक अध्यक्ष एवं सञ्चालक जीवनहरी श्रेष्ठ ,संस्थापक अध्यक्ष एवं सञ्चालक शिवकृष्ण श्रेष्ठ ,कोषाध्यक्ष सुदिप श्रेष्ठ , सञ्चालक सुर्यलाल श्रेष्ठ ,सञ्चालक श्यामकृष्ण पाते श्रेष्ठ ,सञ्चालक सुनिलकुमार श्रेष्ठ ,सञ्चालक ओमकिशोर श्रेष्ठ , सञ्चालक सुमति साहु श्रेष्ठ , यस संस्थाका लेखासुपरिवेक्षण समितका संयोजक चन्द्रमोहन जोशी , ब्यवस्थापक सुजेन्द्र श्रेष्ठ सहित सम्पुर्ण कर्मचारीहरुको उपस्थित रहेको कार्यक्रममा प्रमुख अतिथी मध्यपुर थिमी नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।

अध्यक्ष तुईलाल श्रेष्ठले सञ्चालक समितीको तर्फबाट आव २०७९।०८० को प्रतिवेदन,भावि कार्यक्रम र बजेट प्रस्तुत गर्नु भएको थियो । अध्यक्ष श्रेष्ठले संस्थाले बालकुमारी स्मार्ट मोबाइल बैंकिग सेवा शुभारम्भ भएको उक्त अवसरमा जानकारी दिनु भयो । सो कार्यक्रमका प्रमुख अतिथी मध्यपुर थिमी नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठले यस संस्थाको सफलताको कामना गर्दै भक्तपुरमा मात्र होईन मुलुक कै उत्कृष्ट सहकारी भएको बताउनु भएको थियो । ,विशेष अतिथी मध्यपुर थिमी नगरपालिकाका नगर उपप्रमुख विजयकृष्णले यस संस्था उत्कुष्ट रहेको बताउनु भएको थियो । संस्थाले पिएचडी तथा स्नात्तकोत्तर उतिर्ण सदस्यहरुलाई सम्मानका गरेको थियो भने आदर्श माविका कक्षा ९ का छात्र रिकेश रंजितकार,कक्षा १० का छात्रा प्रज्ञा विश्वकर्मा र बालप्रेमी माविका कक्षा ९ का छात्र विवेक खड्का ,र कक्षा १० का छात्रा धनलक्ष्मी श्रेष्ठलाई छात्रवृति प्रदान गरिएको थियो ।

त्यसैगरी जेष्ठ शेयर सदस्य सिंहबहादुर जोशी,गणेशलाल श्रेष्ठ, सुर्यमाया श्रेष्ठ,र मंगलमाया सामा श्रेष्ठलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो । साथै एसइईमा उत्कृष्ट जिपिए ल्याउने शेयर सदस्य सृजना श्रेष्ठकी छोरी ४.०० जिपिए ल्याउने शिलु रञ्जित र रामशोभा श्रेष्ठका छोरा ३.९० ल्याउने विभोर श्रेष्ठलाई सम्मान गरिएको थियो । कार्यक्रममा जिब्रो छेड्ने बालकराम श्रेष्ठलाई नगद १० हजार सहित सम्मान गरिएको थियो । विभिन्न ब्यक्तिहरुलाई कदरपत्र प्रदान गरिएको थियो । संस्थाले साधारणसभामा आफ्ना कर्मचारी अधिकृत बालकृष्ण श्रेष्ठ र जुनियर उपसहायक सुशिला श्रेष्ठलाई नगद १० हजार सहित सम्मान गरिएको थियो । कार्यक्रम सञ्चालन संस्थाका सचिव पृथ्वीराम श्रेष्ठले गर्नु भएको थियो । संस्थाको ५५२९ जना शेयर सदस्य रहेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *