कामना सेवा विकासको १७औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । कामना सेवा विकास बैंकको १७औं वार्षिक साधारणसभा काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा सम्पन्न भएको छ । बैंकको संचालक समितिका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा सम्पन्न उक्त सभावाट लेखा परीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७९।८० को वार्षिक वित्तीय विवरण, वासलात, नाफा नोक्सान हिसाव र सोही आर्थिक वर्षको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाव लगायत वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु सर्वसम्मतिले पारित भएको छ ।
उक्त साधारणसभाले आर्थिक वर्ष २०८०।०८१ को लेखापरीक्षण नियुक्ती गर्नको लागि बैंकको लेखारीक्षण समितिद्वारा सिफारिस गरिए बमोजिम लेखारीक्षण बि।आर एस् न्यौपाने एण्ड कम्पनी, चार्टड एकाउन्टेन्टटेन्टसलाई नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ । साधारणसभामा प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले चालु आर्थिक वर्षको स्वीकृत बजेट तथा कार्यक्रम अनुसार निर्धारण गरिएको लक्ष्यहरु हासिल हुने गरी कार्यक्रम सञ्चालन गरिएको बताए । साथै, आर्थिक वर्षमा बैंकले सेयरधनीको अपेक्षा बमोजिमको लक्ष्य हासिल गर्ने उनको भनाई छ ।