टाटा मोटर्स फन कार्निभल ३.० आयोजना हुँदै

काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालिले टाटा मोटर्स फन कार्निभल ३.० कार्यक्रमको आयोजना गर्न लागेको छ । यस कार्यक्रममा जुनसुकै ब्रान्डका पुराना गाडीहरूसँग नेपालमा सर्वाधिक रुचाइएका टाटाका अत्याधुनिक प्रविधियुक्त नेक्सन ईभी र टियागो ईभीलगायतका गाडीहरू साट्न सकिने छ । ग्राहकवर्गको परिवर्तित जीवनशैली र अत्याधुनिक सवारीप्रतिको चाहनालाई मध्यनजर गर्दै यस मेलाको आयोजना गरिएको कम्पनीले जनाएको छ ।

मेला पुस २० गतेदेखि २२ गतेसम्म उपत्यकाभित्र टाटा मोटर्सको सोरुम थापाथली, वेस्टर्न मोटर्स महाराजगञ्ज, जेबी मोटर्स बालकुमारी, सिप्रदी ट्रेडिङ प्रालि राधेराधे, भक्तपुर र उपत्यकाबाहिर इटहरी र धनगढीमा आयोजना गर्न लागिएको जानकारी दिइएको छ । फन कार्निभल ३.० मा टाटाका गाडी किन्ने ग्राहकहरूले आकर्षक एक्सचेन्ज बोनस, निःशुल्करूपमा ईभी गाडीहरूका लागि फास्ट चार्जर, एक वर्षको अटोप्लस इन्स्योरेन्स, एक वर्षको सवारी कर, एक्सेसरिज, सरप्राइज गिफ्ट र बम्पर उपहारमा इलेक्ट्रिकल स्कुटर प्राप्त गर्ने कम्पनीले जनाईएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *