आइएमडीबी रेटिंगमा २०२३ को उत्कृष्ट फिल्म बन्यो ‘१२औं फेल’

काठमाडौँ । बलिवुड फिल्म निर्माता विधु विनोद चोपडाको ‘१२औं फेल’ ले अर्को नयाँ जित हासिल गरेको छ ।

यो फिल्म २०२३ मा रिलिज भएका फिल्महरूमध्ये सबैभन्दा धेरै रेटिंग पाउने फिल्म बनेको छ । विक्रान्त मेसी अभिनित बायोग्राफिकल ड्रामा फिल्मलाई दर्शकले निकै रुचाएका थिए । १२ फेल अब आइएमडीबी रेटिंगमा अहिलेसम्मको सबैभन्दा उच्च रेटिंग भएको भारतीय फिल्म बनेको छ । यसले शाहरुख खानको डंकी, ओएमजी-२, जवान, पठान र रणवीर कपूर-बबी देओलको एनिमललाई पनि पछाडि छोडेको छ ।

१२ फेल आइएमडीबीमा शीर्ष २५० भारतीय फिल्महरूको सूचीमा पहिलो नम्बरमा रहेको छ । यो फिल्मलाई १० मध्ये ९.२ रेटिङ दिइएको छ । १२ फेलसँगै बाँकी चार फिल्महरूमा १९९३ एनिमेटेड फिल्म रामायण: द लिजेन्ड अफ प्रिन्स राम, मणिरत्नमको नायकन, ऋषिकेश मुखर्जीको गोल-माल र अभिनेता आर माधवनको निर्देशनमा पहिलो रकेटरी: द नाम्बी प्रभावले उच्च रटिंग पाएका छन् ।

१२ फेलपछि अब शाहरुख खान स्टारर फिल्म डंकी र अक्षय कुमारको ओएमजी २ ले ७.६ रेटिङ पाएका छन् । जहाँ सिद्धार्थ मल्होत्राको फिल्म ‘मिशन मजनु’ लाई ७.१ रेटिङ दिइएको छ । शाहरुखको दोस्रो फिल्म ‘जवान’ ले ७ रेटिङ पाएको छ । हालै रिलिज भएका रणवीर कपूर अभिनित फिल्म ‘एनिमल’, ‘टाइगर–३’ र ‘गान्धी गोडसे एक युद्ध’ले ६.८ रेटिङ पाएका छन् । रणवीर सिंह अभिनित फिल्म ‘रकी और रानी की प्रेम कहानी’ लाई ६.७ रेटिङ दिइएको छ भने ‘तू झुती मै मक्कर’ लाई ६ रेटिङ दिइएको छ । ‘द आर्चिज’ ले ५.९ रेटिङ पाएको छ भने सनी देओलको ‘गदर २’ ले ५.२ रेटिङ पाएको छ ।

त्यस्तै १२ फेल ले २०२३ का हलिवुड फिल्मलाई पनि आइएमडीबी रेटिंगमा पछाडी पारेको छ ।  हलिवुड फिल्ममा स्पाइडर म्यानः एक्रोस द स्पाइडर-भर्सलाई ८.६, क्रिस्टोफर नोलनको ओपेनहाइमरलाई ८.४, गार्डियन्स अफ द ग्यालेक्सी भोल्युम–३ लाई ७.९ रेटिङ दिइएको छ । मार्टिन स्कोरसेजको किलर्स अफ द फ्लावर मुनले ७.८, जोन विकः च्याप्टर–४ ले ७.७ र ग्रेटा गेर्विगको बार्बीले ६.९ रेटिङ पाएको छ ।

१२ फेल एउटा सत्य घटनामा आधारित फिल्म हो । यो फिल्म अनुराग पाठकको पुस्तकमा आधारित फिल्म हो । यसमा विक्रान्त मेसी र मेधा शंकर मुख्य भूमिकामा देखिएका छन् । यो कथा आईएएस अफिसर मनोज कुमारको जीवनमा आधारित छ । उनकी श्रीमती श्रद्धा जोशीले उनको जीवनमा ज्योतिको रुपमा कसरी काम गर्छिन् भन्ने फिल्ममा देखाइएको छ । १२ फेलले अहिलेसम्म ६७ करोड भारु कमाएको फिल्मले दर्शकको निकै प्रशंसा र माया पाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *