राप्रपाका विष्टको कोशीको सभामुखमा उम्मेदवारी दर्ता

विराटनगर । कोशी प्रदेशको सभामुखको निर्वाचन आज हुने भएको छ ।

सभामुखका लागि राप्रपाका सांसद अम्बरबहादुर विष्टले उम्मेदवारी दर्ता गरेका छन् । कोशी प्रदेशसभाले आज कार्यसूची प्रकाशित गरी आजै दिउँसो ३ बजे सभामुखको निर्वाचनका लागि कार्यसूची र कार्यतालिका प्रकाशित गरेको थियो ।

कोशीको सभामुखका लागि सत्ता गठबन्धनसहित एमालेले पनि राप्रपालाई सघाउने निर्णय गरिसकेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *