पूर्व राज्यमन्त्री लामा बम्जनको बचाउमा सीआईबी कार्यालयमा
काठमाडौं । विगत लामोसमयदेखि बलात्कार मुद्धा तथा अनुयायीहरुलाई बेपत्ता पारेको आरोपमा रामबहादुर बम्जनलाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनलाई भेट्न पूर्वराज्यमन्त्री यशोदा लामा सीआईबी कार्यालयमा पुगेकी छिन् । पूर्व राज्यमन्त्री लामा बम्जनको बचाउमा लागेकी छिन् । पुर्वराज्यमन्त्री समेत रहेकी लामाले बम्जनलाई फसाउन विभिन्न गलत प्रचार गरेको बताएकी छिन् । तर बम्जन भने निर्दोष होइन, उनले विभिन्न अवतार फेरेर विभिन्न किसिमका क्रियाकलापमा संलग्न रहेका थिए ।
बम्जनलाई मंगलबार सीआईबीको टोलीले बुढानीलकण्ठबाट पक्राउ गरेको थियो । बमजनलाई भेट्न बोधी श्रवण धर्म संघको नेतृत्वमा उनका अनुयायीहरु ठूलो संख्यामा सीआईबी कार्यालयमा पुगेका छन् । यही टोलीमा २०७४ सालमा प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा राज्यमन्त्री लामा समेत बम्जनलाई भेटन पुगेकी थिइन् ।
लामाले बमजनलाई भेटेपछि अदालतमा हाजिर भएको राम्रो हुने बताएकी छिन् । उनले पत्रकारसँगको कुराकानीमा यस्तो बताएकी हुन् । बमजनलाई भेट्न भन्दै उनका अनुयायीहरु ठूलो संख्यामा सीआईबी कार्यालय पगेपछि प्रहरीले उक्त भिडलाई नियन्त्रणमा लिएको थियो । अहिले बम्जनका अनुयायीहरु कान्ति साँस्कृतिक केन्द्रको खाली ठाउँमा बसेर विश्राम लिइरहेका छन् ।
सुरक्षाका लागि बम्जनका अनुयायीहरु ठूलो मात्रामा खटिएपछि सुरक्षाका लागि प्रहरी पनि ठूलो मात्रामा परिचालन गरिएको छ । सीआईबीले बम्जनका बारेमा पत्रकार सम्मेलनमार्फत विस्तृत जानकारी दिने जनाएको छ