राप्रपाको जलपान कार्यक्रम : प्रधानमन्त्री प्रचण्डसहित शिर्ष नेताको सहभागी
काठमाडौँ । आज ३०२औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आयोजना गरेको जलपान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित प्रमुख दलका शिर्ष नेताहरु सहभागी भएका छन् ।
काठमाडौंको भृकुटीमण्डपमा आयोजित कार्यक्रम जलपान समारोहमा सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलगायत सहभागी भएका थिए। जलपानअघि राप्रपाले पदयात्रा गर्दै सिंहदरबारको मूलद्वारस्थित पृथ्वीनारायण शाहको शालिक पुगेर माल्यार्पण गरेका थिए ।
राप्रपा नेपालले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा प्रत्येक वर्ष पुस २७ गते चियापान कार्यक्रम गर्दै आएको छ ।