यसपटक पनि काठमाडौले उपयुुक्त मेयर पाएन भने २५ बर्षपछि धकेलिन्छ
काठमाडौ । उपत्यकाबासीहरू स्वभावैले आफ्नो धर्म संस्कृति प्रति अत्यन्तै जागरुक र संबेदनशील छन् । साथसाथै उत्तिकै सहिष्णु पनि छन् । र, परिआएको अवस्थामा आक्रामक पनि बन्न सक्छ्न् । मूलत:यिनीहरू सनातन धर्म संस्कृतिका उपासक हुन् । सनातन संस्कृतिका विभिन्न मत वा पथमा बिभक्त भए पनि, त्यो अनेकतामा एकता र एकअर्का प्रति सम्मान, सद्भाव मात्र होइन आफू भन्दा पृथक परंपरालाई आत्मसात नै गर्ने क्षमता काठमाडौबासी राख्दछन् ।
आफूलाई ‘बौद्ध’ भन्न रुचाउनेहरू सनातन परंपराको नाथ संप्रदायका ठूला योगी गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई ‘अवलोकितेस्वर’ वा ‘करुणामय’ का रूपमा पुज्दछ्न् । काशी विश्वनाथका पहरेदार कालभैरब भक्तपुरबासीको सबैभन्दा ठुला आराध्य हुन् (बिस्केटको भैरब) । बौद्ध शाक्य कन्या शक्तिस्वरूपा कुमारीका रूपमा पुजिन्छिन् । शिवको नाटेश्वर रूपलाई शहरका प्रत्येक भित्री चोक गल्लीमा नासद्यो भन्दै पूजा गरिन्छ । आराध्यदेव पशुपतिनाथमा शैब, शाक्त, बैश्णव, नाथ, अघोर र वैदिक मतको अनुपम मेल पाइन्छ ।
गाणपत पंथका चार बिनायक, बैश्णव पंथका चार नारायण, शाक्त परंपराको असंख्य शक्तिपीठ र शैब संप्रदायको सबैभन्दा ठूलो मन्दिर पशुपतिनाथ यहिं छ । बौद्धहरूको सर्बाधिक पुण्यथली बौद्धनाथ र स्वयम्भुनाथ पनि यहिँ छन् । त्यही स्वयम्भुनाथको छेउमा हिन्दू बौद्ध दुबैका साझा देवी हारतीमाता अजिमा बिराजमान छिन् ।
यो महान परंपरा र धरोहरको संरक्षण कसले गर्न सक्छ ? पश्चिमाको डलर र युरोको भरमा चलेको गैससहरूको महासंघ र त्यही ‘हरियो घाँस’ को गुण तिर्न नेपालमा ‘धर्मनिरपेक्षता’ सुटुक्क लाद्ने र पक्षपोषण गर्ने पार्टी एमालेले सक्छ ? यिनीहरूलाई त काठमाडौको यो महान संस्कृति नष्ट गरेर यो मन्दिरै मन्दिरको शहरलाई चर्चै चर्चको जंगल बनाउन डलर र युरो प्राप्त हुन्छ । अनि हिन्दूराष्ट्रको नाममा जनताको भावनामा खेलेर भोट बटुल्ने अनि फेरि भोट बटुल्न यिनै गैसस महासंघ एमालेसंग ‘क्रान्तिकारी’ गठजोड गरेर ठगीतन्त्रको रुप सबै उपत्यका बासीले चिनी सकेका छन ।
विशेष गरि काठमाडौं उपत्यकावासीहरुलाई हाम्रो सुझाव ‘तपाँईहरुले यो पार्टी त्यो पार्टी नभनि खुरुक्क भोट काठमाडौंको रैथाने नेवार क्याडिडेटलाई नै दिनुहोस्’ । विभिन्न अधिकार र मानव अधिकारका कुरा पछि गरौंला । काठमाडौं उपत्यकाको मायाँ सत्य भन्नु पर्दा यहाँ परापुर्व कालदेखि बस्दै आएका नेवारहरुलाई भन्दा अरुलाई छँदै छैन । उपत्यकामा कुनै किसिमको विपत्ती आईपरे रैथाने नेवारहरुको जाने ठाउँ कतै छैन । तर अधिकांस उपत्यकामा आएर आज ठुला कुरा गर्नेहरु काठमाडौंमा छ्यास्स केहि भयो की आफ्नो पुर्खेउली थातथलोमा पुच्छर सेपेर कुद्न हतारिन्छन् । २०७२ को भुकम्प र कोरोना महामारीमा देख्नु भएकै छ ।
जसले जतिसुकै आदर्शका गफ दिउन अब जनताले पत्याउदैनन । कि गर कि मर भन्ने अवस्थामा रहेका रैथाने नेवारहरुले आ-आफ्नो क्षेत्र, स्थानको जनप्रतिनिधिलाई जिताउँ हुन्छ । अहिले हाम्रो यो सुझाव धेरैलाई तितो लाग्ला । देश र जनताको बारे सोच्ने मान्छे यहाँ कोही छैन । आफु-आफु मिलेर आफ्नो गाउँ-ठाउँ बनाउने हो । पहिले पनि नेपाल भनेर काठमाडौं उपत्यकालाई चिनिन्थ्यो । अब फेरी पनि नेपाल र नेपालीको संस्कृती, परमपरा बचेको यही काठमाडौं उपत्यमा मात्रै छ । त्यो जोगाउन मन छ भने बेलैमा बिचार पुर्याउनुहोला । यसपटक पनि काठमाडौले उपयुुक्त मेयर पाएन भने २५ बर्षपछि धकेलिन्छ काठमाडौ, बेलैमा होस पुर्याउ । (सरोज मिश्र र विवेक चन्द्र ठकुरीको फेसबुक वालबाट लिई केही सम्पादीत -सम्पादक)
4385