देउवा धुम्बाराहीबाट बुधबार बुढानीलकण्ठ सर्ने ः छोरा जयवीरसिंहको विहे माघ २१ गते
काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा अहिले भाडामा बसिरहेको धुम्बाराहीबाट आफ्नो निवास बुढानीलकण्ठ बुधबार सर्ने भएका छन् । करिब १३ महिना पछि उनि बूढानीलकण्ठस्थित आफ्नो निवासमा सर्न लागेका हुन् । उनको बुढानीलकण्ठ निवासको मर्मत भैरहेको थियो । मर्मतको काम सकिएकाले उनि भोलि सर्न लागेका हुन् ।
यसैबीच आठ महिना अघि इन्गेजमेन्ट गरेका देउवाका छोरा जयवीरसिंह देउवा माघ २१ गते शिवाना श्रेष्ठसँग वैवाहिक बन्धनमा बाँधिन लागेका छन् । छोराको विहेअघि देउवा आफ्नो निवास बूढानीलकण्ठमा सर्न लागेको हुन् ।