हुन्डी र सुन कारोबारको आरोपमा तीनजना पक्राउ
काठमाडौं । हुन्डी र सुन कारोबारको आरोपमा दुई करोड नगदसहित तीनजना राजस्व अनुसन्धान विभागको टोलीले हुन्डी र सुन कारोबारको आरोपमा नरेश अग्रवालसहित तीनजनालाई गएराति पक्राउ गरेको हो । क्षेत्रपाटीस्थित अग्रवालको घरमा छापा मारेर उनलाई नगदसहित पक्राउ गरिएको विभागका महानिर्देशक नवराज ढुंगानाले बाह्रखरीलाई जानकारी दिए ।
उनका अनुसार अग्रवाल कपडा व्यवसायी पनि हुन् । ढुंगानाका अनुसार अग्रवालको घरबाट दुई हजार अमेरिकी डलर पनि बरामद गरिएको छ । अग्रवाल सुन, हुन्डी र क्रिप्टोकरेन्सीका कारोबारी भएको बुझिएको छ । पछिल्लो समय हुन्डी कारोबारी क्रिप्टोमा पनि जोडिने गरेको पाइएको छ ।