प्रधानमन्त्रीलाई भिजिट भिसाको समस्या समाधान गर्न युगान्डामा रहेका नेपालीको आग्रह
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम)को १९औँ सम्मेलनमा भाग लिन बिहीबार साँझ युगान्डाको कम्पाला पुगेका प्रधानमन्त्री प्रचण्डले त्यहाँ रहेका नेपालीसँग अन्तरक्रिया गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्डसँग त्यहाँ रहेका नेपालीले भिजिट भिसाका समस्याबारे कुरा उठाउँदै समाधानका लागि राज्यले पहल गर्नु पर्ने बताएका थिए । “यहाँ तपाईंहरूले उठाएका मध्ये केही कुरा महत्वपूर्ण छन् । हिजोमात्रै मैले भिजिट भिसाका बारेमा केही महत्वपूर्ण निर्णय गरेको छु । केही समयअघि आप्रवासन समस्या समाधानका निम्ति सबै राजदूतहरू बोलाएर कुरा गरिएको छ”, उनले भने । विदेशमा रहेका नेपालीको समस्या सम्बोधन नगरी देशले गति लिन नसक्ने उनको भनाइ थियो । उक्त कार्यक्रममा गैरआवासीय संघका युगान्डाका संरक्षक रमेश कंडेलले युगान्डामा ३५० जनाभन्दा बढी नेपाली रहेको बताए ।
तीस वर्षदेखि नेपालीले युगान्डाको विकास निर्माण र व्यापार व्यवसायमा समेत राम्रो भूमिका निर्वाह गरिरहेको बताए ।