आईसीसी यू-१९ क्रिकेट विश्वकप दक्षिण अफ्रिकामा आजदेखि सुरु

काठमाडौँ । आईसीसी यू-१९ क्रिकेट विश्वकपको १५औं संस्करण दक्षिण अफ्रिकामा आजदेखि सुरु हुँदैछ । यू-१९ विश्वकपमा १२ टेष्ट राष्ट्रका युवा टोलीसहित चार एसोसिएट राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् ।

आजदेखि सुरु हुने विश्वकप माघ २८ (फेब्रुअरी ११) सम्म चल्ने छ । विश्वकपका खेलहरू पोचेस्ट्रम, ब्लोएमफोन्टेइन, बेनोई, किम्बेरले र इस्ट लण्डनमा आयोजना गरिने छ भने सबै खेल नेपाली समयअनुसार पौने २ बजे सुरु हुनेछन् । विश्वकपमा १२ टेष्ट राष्ट्रका टोलीसहित चार एसोसिएट राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् ।

नेपाल समूह ‘डी’ मा परेको छ । नेपालको समूहमा अफगानिस्तान, न्युजिल्यान्ड र पाकिस्तान छन् । समूह ’ए’ मा भारत, बङ्गलादेश, आयरल्यान्ड र अमेरिका छन् । समूह ’बी’ मा भने इङ्ग्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्टइन्डिज र स्कटल्यान्ड तथा समूह ’सी’ मा अष्ट्रेलिया, श्रीलंका, जिम्बावे र नामिबिया रहेका छन् ।

विश्वकपको पहिलो दिन आज समूह ’ए’ का आयरल्यान्ड र अमेरिकाबीच तथा समूह ‘बी’ मा दक्षिण अफ्रिका र वेस्ट इन्डिजको खेल हुँदैछ । दुवै खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजेबाट सुरु हुनेछ ।

नेपालले आफ्नो पहिलो खेल आइतबार न्युजिल्यान्डसँग खेल्नेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *