हाइज्याकरहरुलाई चुनावबाट हराउन सकेमात्र देश बन्छ: सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राज्यका निकायहरुलाई स्वतन्त्रतापुर्वक काम गर्न दिने सर्वदलिय सहमति गरेको दिन देखि देश बन्न शुरु हुने बताएका छन् ।

सामाजिक सञ्जालमा धारणा राख्दै लामिछानेले ब्यवस्थाका केही हाइज्याकरहरुलाई चुनावबाट हराउन आँट गरे मात्र देश बन्ने बताएका हुन । उनका अनुसार नागरिकका अधिकार बिचमा बसेर लुट्ने र हाइज्याकरको रक्षाकालागी दिनरात खट्ने ८–१० थान मतियार (न्यारेटिभ सेटर) हरुले लामो छुट्टी लिएमा देश बन्ने उनको तर्क छ ।

उनले सामाजिक सञ्जालमा लेखेका छनः

राज्यका निकायहरुलाई स्वतन्त्रतापुर्वक काम गर्न दिने ‘सर्वदलिय सहमति’ गरेको दिनदेखि देश बन्न शुरु हुन्छ। संविधानले परिकल्पना गरेको समाजका लागि, आवश्यक कानुन बनाउन सिङ्गो संसदले ‘सर्वदलीय प्रतिवद्द्ता’ गरेको दिन देश सुमार्गमा हिड्न शुरु हुन्छ । त्यसपछी मिडिया र सोसल मिडियामा कसैलाई फसाउन वा बचाउन कोहि दिनरात नाङ्गो भैरहनु पर्दैन। आफू माथि प्रश्न उठ्दा आँखा जुधाएर सामना गर्ने हिम्मत आफै गरौं, तलबी सेना अफ बिटमा ननचाऔं । फेस गरौं, फेस नलुकाऔं। 

ब्यवस्थाका केही हाइज्याकरहरुलाई चुनावबाट हराउन आँट गरे मात्र पुग्छ। नागरिकका अधिकार बिचमा बसेर लुट्ने र हाइज्याकरको रक्षाका लागी दिनरात खट्ने ८–१० थान मतियार (न्यारेटिभ सेटर) हरुले लामो छुट्टी लिए, समाजिक संजाल पनि अझ इन्ट्रेस्टिङ बन्थ्यो । स्वाद र सुविधा अनुसार गलत ज्ञान पेलेको पेल्यै, पेलेको पेल्यै, पेलेको पेल्यै पनि नगरौं, देश बन्छ ।

अन्त्यमा, देश बन्छ तर कहिले बन्छ त भन्दा,  हाइज्याकरहरुको अन्त्य चुनावबाट गरेपछी मात्रै बन्छ । चुनाव कहिले ? ८४ मा । 
हैट, चौराआआआआआसिमा !!!! उनले लेखेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *