सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा
काठमाडौं । सिटिजन्स बैंकले बैंकले संस्थापक सेयरधनीहरूको ४० हजार बढी कित्ता सेयर बिक्री गर्ने भएको छ । बैंकका संस्थापक सेयरधनी क्षितिज भुषालको नाममा रहेको ४० हजार २ सय ३७ कित्ता सेयर बिक्रीमा राखिएको हो । उक्त सेयरको मूल्य प्रतिकित्ता १०५ रुपैयाँ तोकिएको बैंकले जनाएको छ ।
बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले उक्त सेयर खरिद गर्न ३५ दिनभित्र विवरण खुलाई बैंकको प्रधान कार्यालयमा निवेदन दिनुपर्नेछ । बैंकको अनुसार म्यादभित्र संस्थापक सेयरधनीहरूबाट आवेदन नपरेमा संस्थापकभन्दा बाहिर सेयर बिक्रीको प्रक्रिया अघि बढ्ने छ ।