विमानस्थलमा अध्यागमनका कर्मचारी र प्रहरीबीच हानाहान

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार अध्यागमनका कर्मचारी र प्रहरीबीच हानाहान भएको छ । अध्यागमनका कर्मचारी ड्युटी सकेर फर्किने क्रममा प्रहरीले चेकजाँच गरेपछि भनाभन भएको थियो । भनाभन हुन थालेपछि अध्यागमनका कर्मचारीले प्रहरीमाथि हात हालेका थिए । अधिकृत छायालाल मोक्तानले पहिले हात हालेपछि ड्युटीमा रहेका प्रहरी उनीमाथि जाइलागेका थिए । हामी उपसचिव , हामी अधिकृत , किन हामीलाई चेकजाँच गर्ने ? जहिले पनि यही विषयमा अलिअलि भनाभन हुने गरेको छ,” विमानस्थल स्रोतले भन्यो, शुक्रबारको भनाभन अलि बढी भएछ, पहिला कर्मचारीले हात उठाए त्यसपछि प्रहरी कर्मचारीमाथि जाइलागे ।

एक कर्मचारीका अनुसार त्यहाँ ड्युटीमा खटिएकाभन्दा बाहिरका प्रहरी पनि आएर कर्मचारीमाथि हातपात गरेका थिए । पछि अध्यागमन प्रमुख गोगन हमाल हानाहानको सीसीटीभी फुटेज हेर्न जाने क्रममा उनीमाथि पनि प्रहरीले लात्ती हानेको दाबी कर्मचारीको छ । गोगन हमालसहित अन्य दुई जनालाई पनि प्रहरीले हातपात गरेको छ, एक कर्मचारीले भने, अधिकृत छायालाल मोक्तानलाई प्रहरीको टोलीले कुटपिट गरेको विषयमा सीसीटीभी फुटेज हेर्न जाँदा हमाललाई लात्ती हानिएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *