थ्री स्टार भुटानको पारो फुटबल क्लबलाई पराजित गर्दै आहा रारा गोल्डकपको सेमिफाइनलमा

काठमाडौं । शनिबार पोखरा रंगशालामा पोखरामा जारी आहा रारा पोखरा गोल्डकपमा थ्री स्टार क्लब भुटानको पारो फुटबल क्लबलाई अतिरिक्त समयमा पराजित गर्दै थ्री स्टार सेमिफाइनलमा पुगेको छ। निर्धारित ९० मिनेटमा गोलरहित बराबरी भएपछि खेल अतिरिक्त समयमा ढकेलिएको थियो ।

थ्री स्टारका अनिष चापागाईंले अतिरिक्त समयको २६औँ र २९औँ मिनेटमा गोल गर्दै जित दिलाए । प्रतियोगिताअन्तर्गत आइतबार (भोलि) साविक विजेता संकटा एफसी र विभागीय टिम त्रिभुवन आर्मी क्लबबीच दोस्रो क्वार्टरफाइनल खेल हुनेछ । प्रतियोगिताको विजेताले १२ लाख एक हजार र उपविजेताले ६ लाख एक हजार रुपैयाँ पुरस्कार पाउने आयोजक सहारा क्लबले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *