गुडविल फाइनान्सको आज साधारण सभा
काठमाण्डौं । गुडविल फाइनान्सको साधारणसभा आज सोमबार बिहान ११ बजे बस्दैछ । यसअघि स्थगित भएको सभ गुडविल कम्प्लेक्स हात्तिसार, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
कम्पनीले गत आर्थिक वर्ष २०७९।८० को मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने जनाएको छ । जसकारण सेयरधनीहरुको हात खाली हुने छ । कम्पनीले पुस १८ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, पुस १७ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन सक्नेछन् ।