व्यवसायी अरुण चौधरी पक्राउ
काठमाडौं । व्यवसायी अरुण चौधरी पक्राउ परेका छन् । सीआईबीले उनलाई पक्राउ गरेको हो। बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको घटनामा अरुण चौधरीलाई सिआईबीले पक्राउ गरेकाे हाे ।
बाँसबारीको उक्त जग्गामा अहिले चाँदबाग स्कूल सञ्चालनमा छ । बिहीबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई काठमाडौंको लैनचौरबाट पक्राउ गरेको हो ।