बंगलामुखी सहकारीको अर्धबार्षिक समिक्षा

भक्तपुर । बंगलामुखी बचत तथा ऋण सहकारी संस्थाले अर्धवार्षिक समिक्षा गोष्ठीको आयोजना गरेको छ । संस्थाका अध्यक्ष विवेक श्रेष्ठको अध्यक्षतामा भएको गोष्ठीमा संस्थाका प्रमुख कार्यकारी अधिकृत जगतकृष्ण श्रेष्ठले संस्थाको वित्तीय विवरण प्रस्तुत गरेका थिए । संस्थाले यस आर्थिक बर्षको पौष मसान्तसम्म शेयर पुँजी १४ करोड ४८ लाख १४ हजार ,साधारण जगेडा कोष २ करोड ७१ लाख ५३ हजार र अन्य कोषहरु ७१ लाख ७५ हजार पुगेको उनले जानकारी दिए ।

त्यसैगरी सो अवधिमा संस्थाले बचत संकलन ८७ करोड ५३ लाख २५ हजार गरेको छ भने १५ करोड ६३ लाख ७३ हजार बाह्य ऋण लिएको छ । संस्थाको त्यस अवधिमा कूल सम्पत्ति १ अर्ब २९ करोड ८७ लाख पुगेको छ । मुलुकको अर्थतन्त्रमा आएको मन्दीका कारण संस्थाले लिएको लक्ष्य प्राप्तिमा केही समस्या भएको सिइओ श्रेष्ठले बताए । त्यसका साथै केही सहकारी संस्थाले सदस्यको बचत फिर्ता गर्न नसक्दा सहकारीप्रति सदस्यको विश्वासमा कमी आएको उनले जनाए । व्यापारव्यवसायमा आएको मन्दीका कारण ऋणको साँवा ब्याज असुलीमा भने केही कमी आएको उनले बताए । बंगलामुखीले सदस्यको बचतलाई सुरक्षित रुपले लगानी गरेको र सदस्यहरुको बचत फिर्तामा कुनै समस्या नभएको उनको भनाई छ । गोष्ठीमा सञ्चालक समिति, विभिन्न उपसमिति तथा कर्मचारीहरूको सहभागिता रहेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *