जापानद्वारा नेपाल जुडो संघलाई पोसाक हस्तान्तरण

काठमाडौँ । जापान सरकारले नेपाल जुडो संघलाई २४० वटा जुडो पोसाक हस्तान्तरण गरेको छ । नेपालका लागि जापानका राजदूत किकुता युताकाले नेपाल जुडो संघलाई २४० वटा जुडो पोसाक हस्तान्तरण गरेका हुन् । काठमाडौँस्थित जापानी राजदूतावासमा भएको कार्यक्रममा सो पोसाक हस्तान्तरण गरिएको थियो । बेइजिङमा २००८ मा भएको ओलम्पिकमा भाग लिनुभएका देवु थापाको समेत हस्तान्तरण कार्यक्रममा सहभागिता रहेको थियो ।

जापान सरकारको खेलकुद कूटनीति अभिवृद्धि परियोजनाअन्तर्गत अखिल जापान जुडो महासंघ र गैरनाफामुलक संस्था जुडोजले जुडो पोशाकहरु उपलब्ध गराएको हो । यस अवसरमा राजदूत किकुटाले जुडोको दैनिक अभ्यासबाट युवा जुडो खेलाडीहरूले जुडोमा सीप मात्रै नभई स्वस्थ शरीर र अदम्य मनोभावका साथै शिष्टाचार पनि सिक्न सक्ने कुरामा जोड दिए । त्यसैले जुडोले युवाको शारीरिक र मानसिक विकासमा सहयोग पुग्ने उनको विश्वास छ । आज हस्तान्तरण गरिएको जुडो पोशाकले नेपाली जुडो प्रेमीहरूको उत्साहलाई बढावा दिनुका साथै नेपालको भविष्यका रूपमा रहेका नेपाली युवाहरूको स्वस्थ विकासमा सकारात्मक भुमिका खेल्ने जापानी दुतावासले अपेक्षा गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *