माल्दिभ्स १३ रनमा अलआउट, नेपाल २१४ रनले विजयी

काठमाडौँ । नेपालले माल्दिभ्समाथि २१४ रनको फराकिलो अन्तरले जित हासिल गरेको छ ।

मलेसियामा जारी एसीसी महिला प्रिमियर कप अन्तर्गत समुह डी को अन्तिम खेलमा नेपालले माल्दिभ्समाथि २१४ रनको जित हासिल गरेको हो । नेपालले दिएको २२८ रनको लक्ष्य पछाएको माल्दिभ्स १३.५ ओभरमा १३ रन मात्र बनाएर अलआउट भएपछि नेपाल २१४ रनले विजयी भएको हो ।

यस अघि पहिला ब्याटिंग गर्दै नेपालले २० ओभरमा ४ विकेट गुमाउदै २२८ रन बनाएको थियो । जसमा रुबिना क्षेत्रीले शतकीय पारी खेलेकी थिइन् । रुबिनाले टी- २० अन्तर्राष्ट्रिय खेलमा नेपालको तर्फबाट पहिलो शतक बनाउदै नयाँ किर्तिमान बनाएकी छन् । यस खेलमा रुबिनाले अविजित ११८ रन बनाएकी थिइन् ।

त्यस्तै पुजा महतोले अविजित ५९ रन बनाएकी थिइन् । रुबिना र पुजाले पाँचौं विकेटका लागि १६६ रनको कीर्तिमानी साझेदारी गरेका थिए । नेपालको महिला क्रिकेटमा कुनै पनि विकेटका लागि भएको अहिलेसम्मको उच्च साझेदारी समेत बनाएका छन् ।

यो जितपछि नेपाल समुह डी मा अपराजित रहदै क्वाटरफाइनलमा पुगेको छ । समुह डी बाट नेपालसँगै हङकङ दोस्रो हुदै क्वाटरफाइनलमा पुगेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *