माओवादी प्रत्यक्ष निर्वाचन प्रणालीमा जाने घोषणा

काठमाडौं । नेकपा माओवादी केन्द्र प्रत्यक्ष निर्वाचन प्रणालीमा जाने भएको छ ।

राजधानीमा जारी पार्टीको विधान अधिवेशनका क्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रत्यक्ष निर्वाचन प्रणालीमा जाने निष्कर्ष सुनाएका हुन् । स्थानीय तह, प्रदेश र केन्द्रीय स्तरमा निर्वाचन प्रणालीबाट कमिटी चयन गर्ने र उक्त कमिटीले पदाधिकारी चयन गर्ने प्रचण्डले निष्कर्ष सुनाएका एक नेताले जानकारी दिए । तर, प्रत्यक्ष निर्वाचन प्रणालीमा जाँदा जनवादी अभ्यास पनि भुल्न नहुने उनले बताए ।

उनले प्रत्यक्ष निर्वाचित प्रणालीमा जाने भन्नेमा सबै एक ठाउँमा भएपनि पदाधिकारी नै पनि प्रत्यक्ष ढंगले सिधै चयन गर्ने भन्नेमा भने थप छलफल गर्नुपर्ने बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *