शिखर इन्स्योरेन्सले लाभांश नदिने, सञ्चित कोषमै सञ्चय गर्ने

काठमाडौं । शिखर इन्स्योरेन्सले कम्पनीले आर्थिक वर्ष २०७९।८० को नाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ । उक्त निर्णय फागुन ४ गते बिहान बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । बैठकले वितरणयोग्य नाफाबाट लाभांश वितरण नगरी सञ्चित कोषमै सञ्चय गर्ने निर्णय गरेको छ ।

हाल इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ६५ करोड ४९ लाख रुपैयाँ छ । गत आर्थिक वर्षमा कम्पनीले ४० करोड ३१ लाख रुपैयाँ बराबरको खुद नाफा गरेको थियो भने ६ करोड ४ लाख ७६ हजार रुपैयाँ बराबरको वितरणयोग्य नाफा गरेको थियो । जुन रकम अब कम्पनीको सञ्चय कोषमा जम्मा हुने छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *