सिरिजको अन्तिम खेलमा क्यानडाले नेपाल ए लाई ४ विकेटले हरायो
काठमाडौं । अन्तिम एकदिवसीय क्रिकेटमा क्यानडाले नेपाल ए लाई ४ विकेटले हराएको छ । यो जितसँगै क्यनाडाले तीन म्याचको सिरिज २–१ ले जितेको छ ।
सिरिज जित्न नेपाल ए ले दिएको १८२ रनको लक्ष्य क्यानडाले ३८.५ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो । ७१ रन जोड्दा महत्वपूर्ण विकेट गुमाएको क्यानडाको पारी किर्तोनले सम्हाले । उनले पाँचौं विकेटका लागि निखिल दत्तसँग २९ रनको साझेदारी गरे । दत्त १४ रनमा आउट भए । त्यसपछि किर्तोनले नवदित दलिवालसँग छैटौं विकेटका लागि ६८ रनको साझेदारी गरे ।
नेपालका साहब आलमले ४ विकेट लिए भने शेर मल्ल र बसिर अहमदले एक एक विकेट लिए । यसअघि मुलपानीमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ए ले ४६.६ ओभरमा १८१ रन बनाउँदा सबै विकेट गुमाएको थियो । नेपालको सुरुवात भने राम्रो थियो । अर्जुन कुमाल र आशुतोष घिरैयाले पहिलो विकेटका लागि ५१ रनको साझेदारी गरे ।
नेपालका लागी अर्जुन कुमाल २७ रनमा आउट भए भने बसिर अहमदले २४ र सन्दीप जोराले २४ रन बनाए । सुजन थपलियाले २० रन बनाउँदा रासिद खान र प्रतिश जीसी समान १९-१९ रनमा आउट भए ।
यो सँगै नेपाल ए क्यानडा एकदिवसीय क्रिकेट सिरिज सकिएको छ ।