गरिमा क्यापिटलले निःशुल्क मेरोशेयर र डिम्याट खाता खोल्न सकिने योजना

काठमाण्डौं । गरिमा क्यापिटल लिमिटेडले “सित्तैमा ” डिम्याट र मेरोशेयर खाता खोल्न सकिने योजना ल्याएको छ । यस योजना अन्तर्गत सम्पूर्ण प्राकृतिक नेपाली नागरिकहरूले २०८१ साल आषाढ मसान्त सम्म “सित्तैमा ” डिम्याट र मेरोशेयर खाता खोल्न सकिने क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार ग्राहकहरुले यो सुविधा कमलपोखरी, काठमाडौंस्थित गरिमा क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालय, गरिमा विकास बैंक लिमिटडका देशैभरका सम्पूर्ण शाखा कार्यालयहरु, रिलायन्स फाइनान्स लिमिटेडका देशैभरका सम्पूर्ण शाखा कार्यालयहरु र गरिमा क्यापिटल लिमिटेडको वेवसाईट www.garimacapital.com मार्फत बिना झन्झट घरमै बसी खाता खोल्न सक्ने छन्।

यो सुविधा लिनको लागी घरमै बसी https://demat.garimacapital.com/#/register लिंकमा गई सिधै “सित्तैमा” डिम्याट र मेरोशेयर खाता खोल्न सकिने क्यापिटलले जनाएको छ । कम्पनीले भनेको छ यस सम्बन्धी थप जानकारीको लागि कार्यालयको ल्याण्डलाईन नं. ०१४५२९१४९,५०, ४५१६६९१ र मोबाईल नम्बर ९८४७३७९१०८ Viber/WhatsApp मा समेत सोझै सम्पर्क गर्न सकिनेछ । अथवा क्यापिटलको सामाजिक सञ्जालहरु जस्तैः Facebook, Instagram मार्फत जानकारी लिन पनि सकिनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *