पानी खान देउँन सरकार
सधै भरि कति फुकाउं गुनासाका पोकाहरु
इमानदारी बन नेता नदेउँ अब धोकाहरु ।
जलारीको देश भन्छौ पानी छैन सधै हाहाकार।
अरुथोक माग्या हैन पानी अब देउन सरकार ।१
भन्न लाईत भन्छौ तिमी स्वर्ग जस्तो देश हाम्रो
अरु केको आशा गर्ने पानी खान छैन राम्रो ।
लौन नेता अब तिमले हाम्रो आशा गर्देउँ साकार
अरुथोकहरु माग्या छैन पानि अब देउन सरकार ।२
सोच तिम्रो राम्रो छैन नियतिमा खोट छ
बल वुद्धि छैन हाम्रो मन भित्र चोट छ ।
जति नेता आए पनि आश्वासनको मात्र जरजर
अरु थोक माग्या छैन पानी अब देउँन सरकार ।३
ज्ञान छैन कहिल्यै पनि दिघ्रकालिन सोचमा
थाहा नै छ हाम्रो पिडा व्यथाजनहरु वोझमा ।
पानी बिना जनहरु सधै भरि भए जरखर
अरुथोक माग्या छैन पानी अब देउँन सरकार ।४
माग्या छैनौ अन्न र पात माग्यौ एक हामिले
पानि त सक्दैनौ दिन अरु के नै देलाउँ तिमिले ।
नयां नौलो आयो नियम तर भयो हाहाकार
अरुथोक नदिए नि पानी अब देउन सरकार ।५
गाउं छोडि लाहुरतर्फ छोरा र छोरी हिडें
कलधारो पधेंरोलाई बाटो बनाई टुक्रामा गिडें ।।
गरीवलाई छैन पहुंच तिम्रै हातका मुठि भर
अरुथोक नदिएनि पानी अब देउन सरकार ।६
भन्न लाई त भन्छौ नेता तर वोलि फेर्छौ
दुखि जनलाई रुवाएर आफू हासि हेर्छो ।
सुखदुख गरि खाउंला नगरुन अब लरखर
अरुथोक नदिएनि पानी अब देउन सरकार ।७
जन्म थियो हजुर हाम्रो यति राम्रो देशमा
टालाटुलि अङगालेर नेता हिड्छन भेषमा ।
गाउंघर सधै डुल सुन्छौ जनबाट करकर
अरुथोक नदिएनि पानि अब देउन सरकार ।८
भुभागमा ढाल्छौ भने जलैजलको थलो
कहिल्यै पनि गरेनौ नि गरिवजनको भलो ।
हाम्रा आशा मारि सक्यौ कति भनौ बारम्बार
अरुथोक नदिएनि पानी अब देउन सरकार ।९
सधै भरि पानि कै छ जन आवाज एउटै बोलि
बिन्ति गर्छौ लौन नेता नभन्देउन भोलि भोलि ।
हाम्रा लागि सधै भरि तिमी भयौ मुलको धार
अरुथोक नदिएनि पानि अब देउँन सरकार ।।१०
















