सत्ता गठबन्धन भत्कियो, आजै मन्त्रिपरिषद् पुनर्गठन हुँदै
काठमाडौं । सत्ता गठबन्धन भत्किएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सत्ता सहकार्य गर्ने सहमति जुटेसँगै नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्किएको हो । अब प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्का सबै मन्त्रीलाई हटाउने भएका छन् । वालुवाटार स्रोतका अनुसार अहिलेका सबै मन्त्री हटाएर सानो आकारको मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएको छ ।
आइतबार रातिसम्म चलेको कांग्रेस र माओवादी केन्द्रको बैठकले सत्ता समीकरण बदल्ने निर्णय गरेको हो । गत वर्ष पुस १० मा बनेको गठबन्धनलाई आधार मानेर नयाँ समीकरण बन्नेछ । जसमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा), जनता समाजवादी पार्टी (जसपा) लाई पनि समेट्ने सहमति भएको छ ।
बालकोटमा बसेको एमाले सचिवालय बैठकले पनि नयाँ सत्ता समीकरण आजै अगाडि बढाउने निर्णय गरेको छ । साथै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै मन्त्रिपरिषद् पुनर्गठन गर्दैछन् । ‘विवादित मन्त्रीहरुलाई बर्खास्त गरेर प्रधानमन्त्रीले आजै मन्त्रिपरिषद् पुनर्गठन हुँदैछ,’ स्रोतले भन्यो ।