प्रधानमन्त्रीले प्रतिबद्धता पूरा नगरे नेकपा एस बाहिरिने
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले प्रधानमन्त्रीले आफनो पार्टीसंग गरेका प्रतिबद्धता पूरा नगरे सरकारबाट बाहिरिने बताएका छन् । बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रधानमन्त्रीले प्रतिबद्धता पूरा नगरे आगामी असार ३१ गतेसम्म आफ्नो पार्टी सरकारबाट बाहिरिने बताए ।
उनले १६५ वटा निर्वाचन क्षेत्रलाई विचार नगरेमा बजेटमा भोट नहाल्ने र प्रधानमन्त्रीले प्रतिबद्धता पूरा नगरे सरकार छाडने बताएका छन् ।