सुनको मूल्य ४०० रुपैयाँले घट्यो

काठमाडौं । शुक्रबार सुनको मूल्य घटेको छ । आज नेपाली बजारमा सुनको मुल्य ४०० रुपैयाँले घटेको हो ।

बिहीबारको तुलनामा शुक्रबार तोलामा ४०० रुपैयाँले घटेर छापावाला सुन प्रतितोला १ लाख २५ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २४ हजार ८०० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार छापावाला सुन प्रतितोला १ लाख २५ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २५ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

शुक्रबार चाँदी मूल्य भने स्थिर छ । यसदिन चाँदी बिहीबारकै मूल्य प्रतितोला १ हजार ५१५ रुपैयाँमा किनबेच भइरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *